आजका लागि तरकारी तथा फलफूलको मूल्य कति ? « Khabarhub

आजका लागि तरकारी तथा फलफूलको मूल्य कति ?


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आजका लागि नेपाली ठूलो गोलभेडाको मूल्य प्रतिकेजी ८० रुपैयाँ तोकिएको छ । यस्तै, भारतीय ठूलो गोलभेडा ८०, सानो लोकल गोलभेडा ३५, टनेल सानो गोलभेडा ४८ तथा भारतीय सानो गोलभेडा प्रतिकेजी ३५ रुपैयाँमा मा किनबेच भइरहेको छ ।

यसैगरी, आलु रातो प्रतिकिलो ५२ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ, मुडे आलु ४४ रुपैयाँ, सेतो आलु ४० रुपैयाँ तोकिएको छ । प्याज सुकेको भारतीय प्रतिकिलो ३९ रुपैयाँ छ भने गाजर स्थानीय १३० रुपैयाँ र तराईको गाजर प्रतिकिलो ११० रुपैयाँमा बिक्री हुने छ । स्थानीय बन्दा ६० रुपैयाँ, काउली ९० रुपैयाँ, रातो मुला ५० रुपैयाँ र सेतो मुला प्रतिकिलो ९० रुपैयाँ पुगेको छ ।

भान्टा लाम्चो प्रतिकिलो २५ रुपैयाँ र डल्लो भन्टा ३५ रुपैयाँमा तोकिएको छ । बोडी तने १२० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, घिउ सिमी १२० रुपैयाँ, टाटे सिमी ७० रुपैयाँ, भटमासकोसा ९० रुपैयाँ, तितो करेला ६० रुपैयाँ र लौका पनि ६० रुपैयाँमा बिक्री हुने छ । त्यस्तै, परवर स्थानीय र तराई दुवै ७० रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, घिरौला ६० रुपैयाँ, झिगुनी १०० रुपैयाँ, पाकेको फर्सी ८० रुपैयाँ र हरियो फर्सी डल्लो ४० रुपैयाँ तोकिएको छ ।

सलगम, भिण्डी, सेतो मुला, भटमासकोशा लगायतका तरकारीहरू प्रतिकिलो ९० रुपैयाँभन्दा माथि पुगेका छन् । सखरखण्ड र बरेला १०० रुपैयाँसम्म पुगेका छन् भने पिँडालु प्रतिकिलो ८० रुपैयाँमा बिक्री हुने छ । स्कुस भने प्रतिकिलो २० रुपैयाँमै पाइने छ ।

सागसब्जीमा रायो साग १४० रुपैयाँ, पालुंगो साग १३० रुपैयाँ, चमसूर साग २०० रुपैयाँ, तोरीको साग ७० रुपैयाँ, प्याज हरियो ७० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, कुरीलो ४०० रुपैयाँ, न्युरो ८० रुपैयाँ, ब्रोकाउली १५० रुपैयाँ, चुकुन्दर ७० रुपैयाँ र रातो बन्दा २०० रुपैयाँमा बिक्री हुने छ ।

जिरी साग १५० रुपैयाँ, सेलरी २५० रुपैयाँ, पार्सले प्रतिकिलो ९०० रुपैयाँ, सौफ साग ३०० रुपैयाँ, पुदिना ८०० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १२० रुपैयाँ, तोफु १४० रुपैयाँ, गुन्दुक ३०० रुपैयाँ, झोल स्याउ २५० रुपैयाँ, फुजी स्याउ ३०० रुपैयाँ, केरा दर्जनको १३० रुपैयाँ, कागती प्रतिकिलो १५० रुपैयाँ, अनार ३५० रुपैयाँ र भारतीय सुन्तला १६० रुपैयाँमा बिक्री हुने छ ।

त्यस्तै, तरबुजा ७० रुपैयाँ, मौसम १६० रुपैयाँ, जुनार २५० रुपैयाँ, भुई कटहर प्रतिगोटा १६० रुपैयाँ, काक्रो १०० रुपैयाँ, निबुवा ६० रुपैयाँ, स्थानीय नासपाती ९० रुपैयाँ, चाइनिज नासपाती २२० रुपैयाँ, नेपाली मेवा ६० रुपैयाँ, भारतीय मेवा १०० रुपैयाँ, अम्बा ९० रुपैयाँ, लप्सी ८० रुपैयाँ, किवी ३०० रुपैयाँ, शरीफा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र अमला प्रतिकिलो ९० रुपैयाँ तोकिएको छ ।

मसला र हरियो तरकारीतर्फ अदुवा १२० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ, हरियो खुर्सानी ७० रुपैयाँ, माछे खुर्सानी ९० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ, भेडे खुर्सानी १०० रुपैयाँ, हरियो लसुन १५० रुपैयाँ, हरियो धनिया ६० रुपैयाँ, चाइनिज लसुन २२० रुपैयाँ, नेपाली लसुन १६० रुपैयाँ, छ्यापी सुकेको र हरियो दुवै २०० रुपैयाँमा तोकिएको छ ।

माछा तथा विशेष परिकारमा सुकेको माछा प्रतिकिलो १,००० रुपैयाँसम्म पुगेको छ भने ताजा रहु माछा ३४० रुपैयाँ, बचुवा माछा २८० रुपैयाँ र छडी माछा २४० रुपैयाँ तोकिएको छ । रुख टमाटर २०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो १,००० रुपैयाँ तोकिएको छ । (रासस)

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ८ : ३८ बजे

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका

काठमाडौं महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौं – काठमाडौं महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने