यस वर्षको दशैँमा सुदन किरातीको उपहार- अशक्तलाई घरको छानो  | Khabarhub Khabarhub

यस वर्षको दशैँमा सुदन किरातीको उपहार- अशक्तलाई घरको छानो 


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमिगत राजनीति गरे यता सुदन किरातीले दशैँ परिवारसँग मनाएका छैनन् । २०६४ मा पहिलो पटक संविधानसभा सदस्यमा भोजपुरबाट निर्वाचित भएपछि  उनले हरेक वर्षको दशैँ खर्च र समय सामाजिक काममा लगानी गर्ने गरेका छन् । 

यस वर्ष भने भाद्र २३ र २४ को जेनजी आन्दोलनले नेपालमा सत्ता परिवर्तन मात्रै गरेन । सबै पार्टीको आन्तरिक जीवनमा समेत यसले हलचल ल्याएको छ । यतिबेला माओवादी पार्टीमा रूपान्तरणको चर्को बहस गरिरहेका नेता किरातीले विगत वर्षको दशैँमा झै यस पटक आफ्नो निर्वाचन क्षेत्र जान पाएनन् । 

विगतमा दशैँका दिन भाैतिक रुपमा उपस्थित भएर गर्ने गरेका उनको सामाजिक कार्य यस वर्ष सामाजिक सञ्जाल फेसबुकमार्फत घोषण गरेका छन् । उनले यस वर्ष भोजपुर नगरपालिका वडा नं –१ डाँडाबोखिम निवासी परिवारमा एक्लै रहेका भरत राईको घरमा जस्ताको छानो लगाइदिने घोषणा गरेका छन् । 

उनले भनेका छन् ‘हरेक वर्षको दशैँ खर्चले सामाजिक काम गर्दै आइरहेको छ । यो वर्ष पनि भोजपुर न.पा–१ डाँडाबोखिम निवासी एक्लो अनि अपाङ्ग जीवन बिताइरहेका ‘भरत राईको घरमा जस्ताको छानो लगाइदिने निर्णय गरेको छु । पोहोर सालको दशैँमा भरतसँग हाम्रो भेट भएको थियो । कुराकानी गर्दा, उनको आत्म भित्र दुई ओटा कुरा पाएँ ‘एउटा पानी पर्दा घर चुहिने ठूलो चिन्ता र अर्को जस्ताको छानो लगाएर विवाह गर्ने जीवनको सपना ।’ ‘अब कृपया कमेन्टमा बिहे पनि गरिदेऊ भनेर नलेखी दिनुहोला धन्यवाद ।’ 

यसभन्दा अघि २०८१ मा सहिद परिवारलाई घर निर्माण गरिदिएका उनले २०८० मा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहँदा मैयुङका भेडा र चौरी पालक गोठवालाहरुलाई सम्मान गरेर दशैँ मनाएका थिए । 

त्यस्तै २०७९ मा अरुण गाउँपालिका स्थित एक विद्यालयमा सरसफाइ र रङ्गरोगन गरेर दशैँ मनाएका थिए , २०७८ मा भने रामप्रसादराई गाउँपालिका १ ओख्रेका दलित परिवारलाई सम्मान गरेर दशैँ मनाएका थिए । 

 उनले हरेक वर्ष समाजको पिँदमा रहेको जनतालाई सहयोग गर्दै उनीहरुसंगै दशैँ मनाउदै आइरहेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  २ : १४ बजे

सरकारी दबाबबीच एल साल्भाडोरको पत्रकार सङ्घ देशबाहिर सर्न बाध्य

एजेन्सी – एल साल्भाडोरको पत्रकार सङ्घले यस वर्ष लागू गरिएको

बडादसैँले राष्ट्रिय एकतालाई सबल बनाउँछ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमी, २०८२ का अवसरमा

यस्तो भयो बर्दियामा थारू समुदायको दसैँ (तस्बिरहरू) 

बर्दिया– बर्दियाको थारू समुदायमा टिका र मकैको जमरा लगाएर हर्षउल्लासका

उपत्यकाका सडक सुनसान

काठमाडौं– विजयादशमीको काठमाडौँ उपत्यकाका सडकमा न्यून सवारी चलेका छन् । 

लाखौँ वर्ष पुरानो खोपडीले मानव विकासको समयरेखा पुनर्लेखन गर्ने सम्भावना

एजेन्सी– चीनमा सन् १९९० मा फेला परेको झन्डै १० लाख