गगन थापाले भने : धेरैपटक अवसर पाउँदा सदुपयोग गरेनौँ, अबको पाँच वर्ष राष्ट्र निर्माणमा « Khabarhub

गगन थापाले भने : धेरैपटक अवसर पाउँदा सदुपयोग गरेनौँ, अबको पाँच वर्ष राष्ट्र निर्माणमा


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्ष राष्ट्र निर्माणका लाग्ने योजनाका साथ अघि बढ्ने बताएका छन् ।  

बौद्धिक पेशाकर्मी अभियान परिषद्ले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा सभापति थापाले यसअघि पटक पटक अवसर पाउँदा त्यसलाई सदुपयोग गर्न नसकेको भन्दै आगामी पाँच वर्ष देशलाई कुनै दुर्घटनामा पर्न नदिई सबैलाई समेटेर राष्ट्र निर्माणका लाग्ने योजनाका साथ अघि बढ्ने बताएका हुन् । 

उनले पार्टीको प्रतिज्ञा पत्रमा समेत पाँच वर्षपछि परिणाम दिने योजना समेटिएको जानकारी दिए । इतिहासका विभिन्न घटनाहरूबाट प्रेरणा लिएर कांग्रेसले अहिलेको युवाहरूले खोजेको जस्तो देश बनाउने जिम्मेवारी लिन चाहेको उनले बताए । 

उनले देश बनाउन सक्ने सबैभन्दा पुरानो पार्टी कांग्रेस नै भएकाले कांग्रेसका एजेन्डाहरू तल्लो तहसम्म पुराउनुपर्नेमा जोड दिए । नेपाललाई अहिले सुधार चाहिएकाले सुधारको ग्यारेन्टी लिएर आफूहरू चुनावमा होमिएको उनको भनाइ छ । उनले देश बनाउन सबै राजनीतिक दलहरूलाई मिलाएर लैजानुपर्ने भएकाले यसको नेतृत्व कांग्रेसले गर्ने धारणा राखे ।

सभापति थापाले लोकतन्त्रलाई हाइज्याक हुने कुराबाट बचाउनका लागि, डेलिभरीका लागि र परिणामका लागि समेत बदलिएर आएको कांग्रेस सक्षम रहेको बताए । 

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  २ : ३२ बजे

निरन्तर बढ्दै डलरको मूल्य : बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ  – आज २०८३ साल जेठ ६ गते बुधबार। जेठ

आज २०८३ साल जेठ ६ गते बुधबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ६ गते बुधबार। जेठ

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि