लाखौँ वर्ष पुरानो खोपडीले मानव विकासको समयरेखा पुनर्लेखन गर्ने सम्भावना | Khabarhub Khabarhub

लाखौँ वर्ष पुरानो खोपडीले मानव विकासको समयरेखा पुनर्लेखन गर्ने सम्भावना


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनमा सन् १९९० मा फेला परेको झन्डै १० लाख वर्ष पुरानो खोपडीको डिजिटल पुनर्निर्माणले मानव विकासबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ । 

अध्ययनअनुसार, आधुनिक मानवका पुर्खाहरू पहिले अनुमान गरिएभन्दा करिब चार लाख वर्ष अगाडि नै फरक समूहहरूमा विभाजित भइसकेका थिए र यो प्रक्रिया अफ्रिकाभन्दा एसियामा सुरू हुन सक्ने संकेत देखिन्छ ।

युन्जियन–२ नाम दिइएको उक्त खोपडी सुरुमा होमो इरेक्टसको अवशेष मानिएको थियो । तर अत्याधुनिक सीटी स्क्यानिङ, स्ट्रक्चर लाइट इमेजिङ र भर्चुअल पुनर्निर्माण प्रविधिबाट गरिएको अध्ययनले यसमा होमो लोङ्गी (ड्र्यागन म्यान) र होमो सेपियन्ससँग मिल्ने विशेषताहरू देखाएको छ । यसले मानव विकासमा धेरै पहिले नै जटिलता सुरु भएको हुनसक्ने तर्कलाई बल दिएको छ ।

लन्डन नेचुरल हिस्ट्री म्युजियमका मानवशास्त्री तथा अनुसन्धान टोलीका सदस्य क्रिस स्ट्रिङ्गरका अनुसार, ‘यसले हाम्रो सोच बदल्छ । करिब १० लाख वर्षअघि नै हाम्रा पुर्खाहरू विभिन्न समूहमा विभाजित भइसकेका थिए, जुन पहिलेको अनुमानभन्दा धेरै पहिले भएको कुरा हो ।’

परम्परागत रूपमा प्रारम्भिक मानवहरूको उत्पत्ति र विस्तार अफ्रिकाबाट भएको मानिँदै आएको छ । तर यो नयाँ निष्कर्षले उक्त धारणामा प्रश्न उठाएको छ ।

ग्रिफिथ विश्वविद्यालयका माइकल पेट्राग्लियाले भने, ‘पूर्वी एसिया मानव विकासको केन्द्रमा महत्त्वपूर्ण भूमिका खेलिरहेको देखिन्छ ।’

साइन्स जर्नलमा प्रकाशित यो अनुसन्धानले युन्जियन–२ खोपडीलाई एक सयभन्दा बढी अन्य नमूनासँग तुलना गरेको थियो । नतिजामा यसमा केही विशेषताहरू होमो इरेक्टस जस्तै देखिए पनि ठूलो मस्तिष्क क्षमता लगायतका पक्षहरू आधुनिक मानवसँग नजिक रहेको पाइएको छ ।

यद्यपि, यस अध्ययनसँग सम्बन्धित नभएका केही विज्ञहरूले निष्कर्षबारे सावधानी अपनाउनुपर्ने बताएका छन् । पुरातत्वविद् एन्डी हेरिसका अनुसार जीवाश्मको आकार मात्र नभई आनुवंशिक विश्लेषणले पनि महत्त्व राख्छ । यी व्याख्यामा हामीलाई थाहा भएको आनुवंशिक इतिहास पर्याप्त रूपमा समावेश भएको देखिँदैन ।

पेट्राग्लियाले समेत यसलाई ‘उत्तेजक’ भनिए पनि अझै ठोस प्रमाण आवश्यक रहेको औँल्याए। मानव विकासको अध्ययनले निरन्तर नयाँ प्रश्नहरू उठाइरहेको छ । सन् २०२१ मा मात्रै स्ट्रिङ्गरकै टोलीले ‘ड्र्यागन म्यान’ नामक होमो लोङ्गी प्रजातिलाई आधुनिक मानवको नजिकको आफन्तका रूपमा घोषणा गरेको थियो ।

स्ट्रिङ्गरले भने, ‘युन्जियन–२ जस्ता जीवाश्महरूले हामीलाई अझै पनि हाम्रो उत्पत्तिबारे धेरै सिक्न बाँकी छ भन्ने देखाउँछन् । यसले हाम्रो साझा इतिहासको जटिलता प्रस्ट चित्रण गर्छ ।’

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ३ : ०५ बजे

रोटे पिङ खेलेर दसैँ मनाउँदै (तस्बिरहरू) 

काठमाडौं– दशैं सम्पूर्ण नेपालीहरूको लागि विशेष पर्व हो । आफन्त,

सरकारी दबाबबीच एल साल्भाडोरको पत्रकार सङ्घ देशबाहिर सर्न बाध्य

एजेन्सी – एल साल्भाडोरको पत्रकार सङ्घले यस वर्ष लागू गरिएको

बडादसैँले राष्ट्रिय एकतालाई सबल बनाउँछ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमी, २०८२ का अवसरमा

यस्तो भयो बर्दियामा थारू समुदायको दसैँ (तस्बिरहरू) 

बर्दिया– बर्दियाको थारू समुदायमा टिका र मकैको जमरा लगाएर हर्षउल्लासका

उपत्यकाका सडक सुनसान

काठमाडौं– विजयादशमीको काठमाडौँ उपत्यकाका सडकमा न्यून सवारी चलेका छन् ।