पाँच वर्षमा झण्डै १५ लाख जनाको आँखा उपचार « Khabarhub

पाँच वर्षमा झण्डै १५ लाख जनाको आँखा उपचार


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

देवदह– नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित रुपन्देहीको भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालबाट पाँचवर्षको अवधिमा झण्डै १५ लाख बिरामीले उपचार सेवा लिएका छन् । आर्थिक वर्ष २०७७÷०७८ देखि २०८१÷०८२ सम्ममा १४ लाख ७७ हजार १७४ जनाको आँखाको उपचार भएको अस्पताले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयका अनुसार आव २०७७–०७८ मा एक लाख ५३ हजार ५३३, २०७८–०७९ मा दुई लाख ८२ हजार २३७, २०७९–०८० मा तीन लाख २८ हजार ८४०, २०८०–०८१ मा तीन लाख २९ हजार ५११ र २०८१–०८२ मा तीन लाख ८३ हजार ५३ जनाको उपचार गरिएको हो । अस्पतालको तथ्याङ्कअनुसार उपचारका लागि आउनेको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको देखिन्छ ।

त्यस्तै आर्थिक वर्ष २०८१–०८२ मा २८ हजार ७६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको सो अस्पतालका सहव्यवस्थापक तुल्सीप्रसाद पराजुलीले जानकारी दिए ।

यसैगरी, आँखाको पर्दा फाटेका, आँसु आउने नली र आँखाको डेढोपनको समस्या झेलिरहेका १० हजार ६०६ जनाको शल्यक्रिया गरिएको सहव्यवस्थापक पराजुलीले बताए । उनका अनुसार उल्लिखित सेवा लिन आउनेमा ५० प्रतिशतभन्दा बढी नेपाली रहेको छन् ।

सो अस्पतालले गत वर्षदेखि नाक, कान तथा घाँटीरोग ९इएनटी० विशेषज्ञ सेवासमेत प्रदान गर्दै आएको पराजुलीले जानकारी दिए । उनका अनुसार हालसम्म आठ हजार बढीले यो सेवा लिइसकेका छन् ।

विसं २०४० सालदेखि सञ्चालनमा आएको यस अस्पतालले नेपालका विभिन्न जिल्लासँगै भारतीय बिरामीलाई समेत सेवा दिँदै आएको छ ।

यसैगरी सो अस्पतालले विभिन्न स्थानमा निःशुल्क आँखा परीक्षण शिविरसमेत सञ्चालन गर्दै आएको सूचना अधिकारी पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ६ : १४ बजे

दोस्रो कार्यकालमा ताकाइचीको कडा एजेन्डा

एजेन्सी– भारी मतान्तरसहितको चुनावी विजयपछि साने ताकाइची बुधबार पुनः जापानको

गगन थापाले भने : धेरैपटक अवसर पाउँदा सदुपयोग गरेनौँ, अबको पाँच वर्ष राष्ट्र निर्माणमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्ष

चिनियाँ रोबोटलाई भारतको गलगोटिया विश्वविद्यालयले आफ्नो भनेपछि…

नयाँ दिल्ली- भारत सरकारले नयाँ दिल्लीमा जारी एआई समिटको एक्सपो

इरान–अमेरिका वार्ताले सकारात्मक परिणाम निकाल्नेमा संयुक्त राष्ट्रसङ्घ आशावादी

एजेन्सी– संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेरेसले इरान र अमेरिका बिचको

हेभिवेट पराजय शृङ्खला : प्रचारमा हिरो, ब्यालेटमा जिरो !

मतपेटिकामा मत खसाल्ने मतदाताको पर्खाइ अब १५ दिनको मात्रै छ