नेपाल मलेसियासँग पराजित « Khabarhub

नेपाल मलेसियासँग पराजित


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय महिला ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा मलेसियासँग तीन रनले पराजित भएको छ ।

मलेसियाको बायुमास ओभलमा आज सम्पन्न खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो । नेपालका लागि पूजा महतोले २९ बलमा सर्वाधिक ३० रन बनाइन भने सम्झना खड्काले १६ बलमा १८ रन जोडिन् । कविता जोशीले १३ रन बनाइन । मलेसियाका लागि नुर डानियाले सर्वाधिक तीन विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रन बनाएको थियो । उसका लागि कप्तान विनिफ्रेड डुरैसिङ्गमले सर्वाधिक २७ रन बनाइन भने ओपनर ऐना हमिजा हसिमाले २६ रन र मास ऐसाले २५ रन बनाइन् ।

नेपालका लागि सुमन विष्टले दुई तथा रुविना क्षेत्रीले एक विकेट लिए । नेपाली महिला टोलीले आगामी जनवरीमा नेपालमै आयोजना हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । सोही प्रतियोगिताको तयारीका स्वरुप नेपालले जारी प्रतियोगिता खेलेको हो ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ६ : २८ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ