बालेनलाई राजधानीको मेयर बनाउने सबै अपराधी र देशद्रोही हुन् : सूर्य थापा « Khabarhub

बालेनलाई राजधानीको मेयर बनाउने सबै अपराधी र देशद्रोही हुन् : सूर्य थापा


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता सूर्य थापाले काठमाडौंको महानगरमा बालेन्द्र शाहलाई मेयर बनाउनेहरू अपराधी र देशद्रोही भएको आरोप लगाएका छन् ।

थापाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले गएराति पोष्ट गरेको अश्लिल पोष्टको स्क्रिनसट राख्दै गाँजा तान्ने दुर्व्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सब अपराधी र देशद्रोही भएको उल्लेख गरेका छन् ।

बालेनले शनिबार राति अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उल्लेख गरेर स्टाटस पोष्ट गरेका थिए । बालेनले उक्त स्टाटस अहिले हटाइसकेका छन् ।

थापाले लेखेका छन्– गाँजा तानेर लुसिफर (दलाल/शैतान) बेहोसीमा पागल भएर लेखेको– आफैँले हटाएर खुब आनन्द मानेको छ । सिंहदरबार जलाउन उक्साउने लुसिफरले नशामा नास भएर रातीराती देश बनाउने स्वाँङ पो गर्छ।’

थापाको स्टाटस जस्ताको तस्तै– गाँजा तानेर लुसिफर (दलाल/शैतान)ले बेहोसीमा पागल भई अन्टसन्ट लेख्दै र आफैँले हटाउँदै खुब आनन्द मानेको रहेछ। सिंहदरबार जलाउन उक्साउने लुसिफरले नशामा नास भएर रातीराती यसरी बेलाबखत देश बनाउने स्वाँङ पो गर्छ।

बाबुले सिंहदरबार वैद्यखाना सकेर सिनामंगलमा दरबार बनाएको जान्नेहरू छोराले सिंहदरबारमा आगो लगाउन भिजिलान्तेहरू पठाएर र दमकल तीन दिनसम्म रोकेर आफ्नो सक्कली अनुहार उदाङ्गो पारिसकेको छ । अझ यस्ता देशद्रोहीलाई आइकन मान्ने र काठमाडौंलाई बालेन शहर आएँ/गएँ भनेर लेख्ने मान्छेहरूका अनुहार सम्झँदा पो लाज लाग्छ ! म सुरुदेखि स्पष्ट छु, यो गजेडी हो, नशामा लठ्ठिनु र बर्बराउनु यसको दिनचर्या हो। यही योग्यताले यो लुसिफर र दलाल भएको हो । गाँजा तान्ने दुर्व्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सब अपराधी र देशद्रोही हुन् !

अब समवेत् स्वरमा भनौँ– गाजा तान्न जान्नेहरू गाजा तानेर लेखौं…! मलाई बहुत खुशी लागेको छ, गजेडी आफैँ उदाङ्गो र नाश भइरहेको छ । कुचोले बढार्नुपर्ने कसिङ्गर गाजाले उडाइरहेछ !!!’  

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ८ : १९ बजे

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६