बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चारजनाको मृत्यु « Khabarhub

बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चारजनाको मृत्यु


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषामा यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकैपरिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । घटनामा दुई बालबालिका गम्भीर घाइते भएका छन् । विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ स्थित वीरेन्द्र बजारमा भएको उक्त दुर्घटनामा सोही नगरपालिका भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र करिब ४० वर्षीय अटो चालक डम्बर राईको मृत्यु भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरी निरीक्षक केसीका अनुसार दुर्घटनामा १४ वर्षीय शीतल मगर र नौ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जनकपुरधामस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले दुर्घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ९ : ४९ बजे

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६