जनार्दनलाई कोशी अध्यक्ष नेम्बाङको सुझाव : अरुको कुरा सुन्नुस् « Khabarhub

जनार्दनलाई कोशी अध्यक्ष नेम्बाङको सुझाव : अरुको कुरा सुन्नुस्


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सोले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अरूको पनि कुरा सुन्न सुझाव दिएका छन्।

मेक्सले पार्टी एकता आजको आवश्यकता रहेकाले पार्टी एकता गरेर निरन्तर रूपमा नयाँ पुस्ताको आवाज उठाउन जनार्दनलाई सुझाव दिएका हुन्। मिक्सोले जनार्दनलाई तत्काल पार्टी एकतामा उभिन र त्यहीँबाट नयाँ पुस्ताको आवाज मुखकृत गरेर पार्टी पुनर्गठन गरी अगाडि बढ्न सुझाएका हुन्।

‘हामीले प्रभाकर दाइलाई सुरुबाट नै साथ दिँदै आएको हो । अहिले पनि उहाँका मुद्दा र कुरामा हामी साथमै रहनेछौँ । हामीले अहिले भनेको कुरा के हो भने पार्टी एकता गरेर त्यही एकता गरेको पार्टीबाटै नयाँ पुस्ताको आवाज मुखकृत गर्न सकिन्छ। देश अत्यन्त जटिल अवस्थामा रहेकोले कम्युनिष्ट एक भएर अगाडि बढ्नु अहिलेको सन्दर्भमा ठिक देखिन्छ’, नेम्बाङले खबरहबलाई भने, ‘दाइले उठाएका मुद्दा र कुराहरू सम्पूर्ण ठिक छन् । पार्टी पुनर्गठन पनि भएर जानुपर्छ। दाई जहाँ भएपनि हामी पार्टी पुनर्गठन र नव पुस्ताको आवाजलाई समेट्नुपर्ने मुद्दा उठाई नै रहनेछौं । पार्टीमा पहिलो पुस्ताका नेताहरू बिदाई हुनुपर्ने माग उहाँको जस्तै हाम्रो पनि हो। तर अहिले पार्टी विभाजनतिर जानुभन्दा एकता गरेर अगाडि बढ्नु ठिक हुन्छ।’

मिक्सोले जनार्दनले पार्टी फुटाए आफूहरूले साथ नदिने समेत बताएका छन्। उनी आफ्नो मुद्दा लिएर यही पार्टी एकीकरण गरेर अगाडि बढ्न जनार्दनलाई सुझाव दिन्छन्।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १० : ३५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।