महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित | Khabarhub Khabarhub

महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठक स्थगित भएको छ । 

कार्यसमितिको अर्को बैठक यही कात्तिक १८ गते मंगलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । 

पार्टीको १५औँ महाधिवेशनको मिति तोक्नेसम्बन्धी प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गर्ने बारेमा संस्थापन र संस्थापनइतर पक्षबीच सहमति हुन नसक्दा बैठक स्थगित भएको हो । यसअघि पनि शुक्रबारको बैठक यसरी नै स्थगित गरिएको थियो ।

कांग्रेसमा वर्तमान सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको आमनिर्वाचनपछि महाधिवेशन गर्ने वा त्यस अगावै महाधिवेशन गर्ने विषयमा बहस जारी छ ।

गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा पहिलो दिन सभापति शेरबहादुर देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए । 

गत भदौ २३ र २४ गते भएका जेन-जी आन्दोलनका क्रममा सभापति देउवा दम्पती साङ्घातीक हमलामा परी गम्भीर घाइते भएका थिए । उनीहरु अहिले थप स्वास्थ्य उपचारका लागि सिङ्गापुरमा छन् ।
 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : २४ बजे

‘माओवाद’ त्यागेका प्रचण्ड फर्किए नेकपाकालकै ‘मार्क्सवाद-लेनिनवाद’मा

काठमाडौं- नेकपा माओवादी केन्द्रका संयोजक/अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तत: माओवादसम्बन्धी

पर्यटन व्यवसायी वाग्लेको स्मृति ग्रन्थ लोकार्पण

काठमाडौं– पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको प्रथम स्मृतिसभा एवम् स्मृति ग्रन्थ

कैलालीमा धान खरिद गर्न थालियो     

सुदूरपश्चिम– बर्सेनि धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार

खाँदबारी-किमाथाङ्का सडकखण्ड स्तरोन्नति तीव्र

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का

माओवादीसहित आठ दलबीच एकताका लागि १८ बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं- सात वामपन्थी दलहरूबीच एकीकृत पार्टी गठन गर्ने सहमति भएको