अवरुद्ध मुख्य सडकमा यातायात सञ्चालन « Khabarhub

अवरुद्ध मुख्य सडकमा यातायात सञ्चालन


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पाँचथर– अविरल वर्षाका कारण अवरुद्ध रहेका मुख्य सडक आजदेखि सञ्चालन भएका छन् । 

बाढी र पहिराका कारण अवरुद्ध रहेका मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग र तमोर करिडोर सडकमा यातायात सञ्चालनमा आएका हुन् । 

पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र इलामलाई तराईसँग जोड्ने मेची राजमार्गको इलामस्थित राजदुवाली खण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ । 

सडकमा आइतबार बिहान सामान्य मर्मतपछि साना सवारीसाधनका लागि सञ्चालन गरिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । जोखिमलाई ध्यानमा राखेर उक्त सडक गएराति भने बन्द गरिएको थियो ।

पूर्वी पहाडबाट सुनसरीको धरान हुँदै तराईलाई जोड्ने तमोर करिडोर सडकको पाँचथर–धनकुटा सीमावर्ती नावा खोला खण्डसमेत आजदेखि सञ्चालनमा आएको छ । 

नावा खोलामा पानीको बहावका कारण सवारी पार गर्न सकेका थिएनन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिलकुमार कर्णले यहाँ सडक मर्मत गरी आज बिहानदेखि सञ्चालन गरिएको जानकारी दिए ।

यस्तै, पुष्पलाल (मध्यपहाडी) राजमार्गको पाँचथरको याङवरक गाउँपालिका खण्डसमेत सञ्चालन भएको छ । याङ्वरक गाउँपालिका–३ स्थित रिजालभिरमा झरेको पहिरो पन्छाइनुका साथै याङ्वरक–२ स्थित दोभानेमा बाढीले बगाएको डाइभर्सन पुनर्निमाण गरी सडक सञ्चालन गरिएको पाँचथर प्रहरीले जनाएको छ । 

बाढीले बगाएको डाइभर्सन बगाएपछि अवरुद्ध फिदिम-फालोट सडक भने सञ्चालनमा आउन सकेको छैन । 

बाढीले उक्त सडकअन्तर्गत फिदिम नगरपालिका वडा नं १ र ११ को सीमास्थित फेमे खोलामा रहेको डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको थियो । 

गत वर्षको असोज १२ गते आएको बाढीले यहाँ रहेको सडक पुल बगाएपछि अस्थायी डाइभर्सनबाट सवारीसाधन आवतजावत गर्दै आएका छन् । 

तर बाढी आउनासाथ डाइभर्सनमा क्षति हुनाले यस सडकले जोड्ने फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकाका १० वटा वडाका बासिन्दाले सास्ती भोग्दै आएका छन् ।

यस्तै, राँके-रवि-भेडेटार सडकको पाँचथर खण्ड सञ्चालन रहेको पाँचथर प्रहरीले जनाएको छ । 

उक्त सडकको धनकुटाको चौबिसे गाउँपालिकास्थित भेडेटार नजिकै पहिरो जाँदा धनकुटा खण्ड भने प्रभावित भएको थियो । 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : ४७ बजे

आज २०८३ साल असोज ६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र