बालेनलाई जेन-जी युवा माजिदको सुझाव : फेसबुकले देश चल्दैन, संयमित हुनुहोस् « Khabarhub

बालेनलाई जेन-जी युवा माजिदको सुझाव : फेसबुकले देश चल्दैन, संयमित हुनुहोस्


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिबार राति फेसबुकमा नेपाली कांग्रेस, नेकपा एमाले र अमेरिका, चीन तथा भारतजस्ता शक्ति राष्ट्रलाई लक्षित गरी अशोभनीय शब्द प्रयोग गर्दै लेखेको स्टाटसले विवादमा परेका छन् ।

उक्त स्टाटस लेखेको आधा घण्टाभित्र हटाए पनि उनको अहिले तीव्र आलोचना भइरहेको छ। देशको भूराजनीतिक संवेदनशीलतामै प्रहार गर्दै त्यसरी लेखेको भन्दै उनी आलोचनाको केन्द्रमा परेका छन् । उनकै डाइ हार्ट फ्यानसमेत अहिले उक्त विचारलाई लिएर विरोधमा उत्रिएका छन् ।

उनलाई अबको समयमा आशलाग्दा नेताका रुपमा लिने जेन-जी युवा माजिद अन्सारीले बालेनको उक्त व्यवहार र अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् ।

अधिवक्तासमेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् नै बालेनलाई संयमित र जिम्मेवार बन्न सुझाव दिएका छन् ।

‘बालेन्द्र शाहजी, तपाईं वैकल्पिक नेपाली राजनीतिको एउटा आशालाग्दो अनुहार हुनुहुन्थ्यो, शायद अहिले पनि केही हदसम्म आशा बाँकी नै छ,’ अन्सारीले लेखेका छन्, ‘तपाईं सम्हालिनुहोस्, संयमित हुनुहोस् । तपाईं भोलि नेपाल हाँक्न सक्ने सम्भावना बोकेको, पपुलिजमको सशक्त प्रतिनिधि हुनुहुन्छ ।’

बालेनले प्रयोग गरेका शब्द र अभिव्यक्ति भोलिका दिनमा देशको कूटनीतिमा गम्भीर असर पार्न सक्ने खालका रहेका पनि उनले बताएका छन् । उनले बालेनलाई रवीन्द्र मिश्रजस्ता वैकल्पिक नेताहरूले गरेजस्तो राजनीति नतुहाउन आग्रह गरेका छन् ।

‘फेसबुकले देश चल्दैन । देश चलाउन डच कर्ज होइन , पोलिटिकल विल र र पोलिटिकल कल्चर चाहिन्छ’, माजिदले भनेका छन्, ‘तपाईंले युवाहरूको आशा नमार्नु, आफ्नो राजनीतिक छवि जोगाउनु ।’

उनले भोलिका दिनमा प्रधानमन्त्री भएको अवस्थामा लागुऔषध र धुमपान नगर्न जनतालाई भन्नुपर्ने कुराको पनि ख्याल गर्न सुझाएका छन् । ‘भोलि प्रधानमन्त्री भएको खण्डमा तपाईंले लागू औषध, धुमपान र मद्यपान स्वास्थ्यका लागि हानिकारक छ भनेर जनतालाई भन्नुपर्ने हुन्छ’, उनले भनेका छन्, ‘त्यसको नैतिक धरातल आजैदेखि तयार गर्नुहोस् ।’

बालेनले अंग्रेजी अश्लील शब्द प्रयोग गर्दै देशभित्रका राजनीतिक शक्ति र शक्ति राष्ट्रहरूलाईसमेत तथानाम भनेको स्टाटस हटाएका छन् । मध्यरातिको स्टाटसबारे बालेन अहिलेसम्म बोलेका छैनन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  २ : १८ बजे

कल सेन्टरमा मतदाता सोध्छन्- राष्ट्रिय परिचयपत्रबाट भोट हाल्न पाइन्छ ?

काठमाडौं- के तपाईंसँग मतदाता परिचयपत्र बनाउने, मतदान क्षेत्र परिवर्तन गर्ने,

एचपीभी खोप लगाउँदा प्रभावकारी

तनहुँ– तनहुँ जिल्लामा पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध एचपीभी खोप अभियानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

दाङ– घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई

पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले

२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र

गण्डकी– पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५