६० लागे शाहरुख, जन्मदिनमा ‘किङ’को टिजर उपहार « Khabarhub

६० लागे शाहरुख, जन्मदिनमा ‘किङ’को टिजर उपहार


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानले आफ्ना प्रशंसकहरूलाई जन्मदिनकै अवसरमा विशेष उपहार दिएका छन् । आइतबार आफ्नो ६० औं जन्मदिनका अवसरमा अभिनेता खानले आफ्नो बहुप्रतीक्षित फिल्म ‘किङ’ को टिजर सार्वजनिक गर्दै फ्यानहरूको उत्साह दोब्बर बनाएका छन् ।

रेड चिलीज इन्टरटेनमेन्ट र सिद्धार्थ आनन्दले सामाजिक सञ्जालमार्फत फिल्मको भव्य शीर्षक र शाहरुखको पहिलो लुक सार्वजनिक गरेका छन् । टिजरमा शाहरुखलाई एकदमै फरक र रहस्यमय अवतारमा देखाइएको छ, जसले उनका फ्यानहरूलाई रोमाञ्चित बनाएको छ ।

रेड चिलीज इन्टरटेनमेन्ट र मर्फ्लिक्स पिक्चर्सको संयुक्त ब्यानरमा निर्माणाधीन यो फिल्म सन् २०२६ मा रिलिज हुने बताइएको छ । ‘किङ’ मा शाहरुखलाई अघिल्ला सबै भूमिकाभन्दा फरक रूपमा प्रस्तुत गरिनेछ, जसको पहिलो झलकले नै बलिउडमा ठूलो हल्ला पारेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  २ : ५१ बजे

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं– भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा