कमेडियन कैलाशले ल्याए नेपालको पहिलो इम्प्रभ कमेडी कार्यक्रम ‘द फन टूस शो’ « Khabarhub

कमेडियन कैलाशले ल्याए नेपालको पहिलो इम्प्रभ कमेडी कार्यक्रम ‘द फन टूस शो’


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमेडियन कैलाश कार्कीले नयाँ कमेडी कार्यक्रम ‘फन टूस शो’ (The Fun2ss Show) ल्याएका छन् । उनको यो शो इम्प्रभ कमेडी विधामा आधारित रहेको छ ।

एम्प्रभ कमेडी नेपालका लागि नौलो हो । ‘अनस्क्रिप्टडेट’ प्रस्तुती यो शोको प्रमुख विशेषता हो ।

नेपालमा नयाँ विधाको कमेडी परिचित गराउने उद्देश्यले उक्त शो ल्याएको शोका निर्देशक कैलाशको दाबी छ ।

उनले भने, ‘मेरो उद्देश्य नै दर्शकलाई नयाँ विधाको कमेडीबारे जानकार गराउनु हो । हाँस्य कलाकार भएकाले यो मेरो जिम्मेवारी पनि हो ।’

यो कार्यक्रमको पहिलो एपिसोड शनिबार साँझ सार्वजनिक भएको छ । हिल्स एण्ड होराइजन फिल्म्स प्रा‍.लि‍को प्रस्तुतीमा बनेको यो शो हरेक शनिबार युट्युब च्यानल ओएसआर रियालिटीबाट कार्यक्रम सार्वजनिक हुने उनले जनाए ।

अर्का केमिडियन सन्तोष थापा यो कार्यक्रममा प्रस्तोताको भूमिकामा रहेका छन् ।

कार्यक्रममा आशिष न्यौपाने, रजनीश अर्याल, सतीश कार्की, जय खतिवडा, श्रिया सुवेदी र आस्था तिमिल्सिना प्रतिस्पर्धीका रूपमा सहभागी छन्। उनीहरूले विभिन्न चरणमा फरक–फरक इम्प्रभ गेमहरू खेलेर प्रतिस्पर्धा गर्नेछन्।

यो शोलाई तीन सिल्भर, गोलड र डाइमन्ड गरी तीन राउन्ड विभिाजन गरिएको छ । प्रत्येक राउन्डमा ६ एपिसोड रहने, एलिमिनेसन तथा वाइल्डकार्ड प्रणाली लागु हुने निर्देशक कार्कीले बताए ।

२० औं एपिसोडको एक जनालाई विजेता घोषणा गरिनेछ। विजेतालाई नगद र विभिन्न पुरस्कार जित्नेछन् ।

कार्यक्रमको पहिलो एपिसोड :

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ३ : १९ बजे

४ वर्षमा पनि बनेन सूर्यविनायक-धुलिखेल सडक (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक धुलिखेल सडक निर्माण सुरु भएको

लिबियामा १४० जना अवैध आप्रवासीलाई निर्वासन

एजेन्सी– लिबियाबाट १४० जना अवैध  आप्रवासीहरूलाई उनीहरूको मूल देशमा निर्वासन

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

देउखुरी– दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल

प्रचण्डले रास्वपालाई भने : साम्राज्यवादले लगानी गरेका पपुलिस्टहरू सामाजिक सञ्जालमा स्टन्ट गर्दैछन्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले