प्रचण्डले रास्वपालाई भने : साम्राज्यवादले लगानी गरेका पपुलिस्टहरू सामाजिक सञ्जालमा स्टन्ट गर्दैछन् « Khabarhub

प्रचण्डले रास्वपालाई भने : साम्राज्यवादले लगानी गरेका पपुलिस्टहरू सामाजिक सञ्जालमा स्टन्ट गर्दैछन्


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा भूराजनीतिक चहलखेल र हस्तक्षेप प्रयास भइरहेको बताएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा उनले साम्राज्यवादीहरूले विभिन्न देशमा लोकतन्त्र र समाजवादविरूद्ध प्रहार गराउन पपुलिस्टहरूमाथि लगानी गर्ने गरेको बताए ।

प्रचण्डले रवि लामिछाने र बालेन्‍द्र साहलाई लक्षित गर्दै देशलाई कुनै योगदान नगरेकाहरू सामाजिक सञ्जालमा स्टन्ट गरेर राजनीति जित्न अघि बढेको पनि उल्लेख गरेका छन् ।

‘अहिले नेपालमा लोकप्रियतावाद हावी हुन खोजेको छ । सामाजिक सञ्जालमा स्टन्ट गरेका भरमा उनीहरू राजनीतिमा स्थापित हुन खोज्दै छन्’, उनले भने, ‘विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिज्मलाई समाजवाद र लोकतन्त्रविरुद्ध प्रहार गराउन लगानी गर्छ । नेपालमा पनि भूराजनीतिक चलखेलबाट हस्तक्षेप कोसिस भइरहेको छ ।’

दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीतिर संकेत गर्दै पपुलिस्टहरू लोकतन्त्रविरुद्ध विदेशीले प्रयोग गर्ने पात्र भएको कडा टिप्प्णी गरे । उनले २६ वटा घटक मिलेर बनेको नेकपा आगामी चुनावपछि देशकै ठूलो पार्टी बन्ने जिकिर गरे ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १२ : ४२ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा