हर्मीत सिंह सुदूरपश्चिम रोयल्समा अनुबन्ध « Khabarhub

 हर्मीत सिंह सुदूरपश्चिम रोयल्समा अनुबन्ध


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम रोयल्सले अमेरिकाका बलिङ अलराउण्डर हर्मीत सिंहलाई आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि तेस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ ।

यससँगै हर्मीतले लगातार दोस्रो सिजन पनि सुदूरपश्चिमबाट खेल्ने भएका छन्। गत सिजन उनले ५ खेलमा ८ विकेट लिएका थिए । उनी पहिलो सिजनको एनपीएलमा सबैभन्दा कम इकोनोमीमा बलिङ गर्ने खेलाडी हुन् ।

आफ्नो अनुबन्धमा खुसी व्यक्त गर्दै हर्मीतले भने, ‘म नेपाल प्रिमियर लिगमा फेरि एकपटक फर्किँदै छु। गत सिजनको अधुरो कामलाई यसपटक पूरा गर्नु छ। समर्थकहरूसँग छिट्टै भेट हुनेछ।’

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले हर्मीतको आगमनले टिम झनै बलियो बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हर्मीतको आगमनले टिम झनै बलियो बनेको छ। उनीबाट गत सिजन जस्तै उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छौँ।’

३२ वर्षीय हर्मीत बाँयाहाते बलर हुन् र बाँयाहाते ब्याटिङ पनि गर्छन् । उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २५ खेलमा २४ विकेट लिएका छन् भने ब्याटिङमा २३५ रन बनाएका छन् । अमेरिकाका लागि उनले २१ एकदिवसीय खेलमा ३१ विकेट लिएका छन् भने ३२५ रन बनाएका छन् ।

स्मरण रहोस्, हर्मीत सन् २०१२ को यू–१९ विश्वकप विजेता भारतीय टोलीका सदस्य थिए। उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सका लागि समेत खेलेका छन् ।

सुदूरपश्चिम रोयल्सको टोलीः

दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन र हर्मीत सिंह

मुख्य प्रशिक्षक: जगत टमटा

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ४ : ४४ बजे

कल सेन्टरमा मतदाता सोध्छन्- राष्ट्रिय परिचयपत्रबाट भोट हाल्न पाइन्छ ?

काठमाडौं- के तपाईंसँग मतदाता परिचयपत्र बनाउने, मतदान क्षेत्र परिवर्तन गर्ने,

एचपीभी खोप लगाउँदा प्रभावकारी

तनहुँ– तनहुँ जिल्लामा पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध एचपीभी खोप अभियानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

दाङ– घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई

पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले

२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र

गण्डकी– पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५