हर्मीत सिंह सुदूरपश्चिम रोयल्समा अनुबन्ध « Khabarhub

 हर्मीत सिंह सुदूरपश्चिम रोयल्समा अनुबन्ध


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम रोयल्सले अमेरिकाका बलिङ अलराउण्डर हर्मीत सिंहलाई आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि तेस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ ।

यससँगै हर्मीतले लगातार दोस्रो सिजन पनि सुदूरपश्चिमबाट खेल्ने भएका छन्। गत सिजन उनले ५ खेलमा ८ विकेट लिएका थिए । उनी पहिलो सिजनको एनपीएलमा सबैभन्दा कम इकोनोमीमा बलिङ गर्ने खेलाडी हुन् ।

आफ्नो अनुबन्धमा खुसी व्यक्त गर्दै हर्मीतले भने, ‘म नेपाल प्रिमियर लिगमा फेरि एकपटक फर्किँदै छु। गत सिजनको अधुरो कामलाई यसपटक पूरा गर्नु छ। समर्थकहरूसँग छिट्टै भेट हुनेछ।’

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले हर्मीतको आगमनले टिम झनै बलियो बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हर्मीतको आगमनले टिम झनै बलियो बनेको छ। उनीबाट गत सिजन जस्तै उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छौँ।’

३२ वर्षीय हर्मीत बाँयाहाते बलर हुन् र बाँयाहाते ब्याटिङ पनि गर्छन् । उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २५ खेलमा २४ विकेट लिएका छन् भने ब्याटिङमा २३५ रन बनाएका छन् । अमेरिकाका लागि उनले २१ एकदिवसीय खेलमा ३१ विकेट लिएका छन् भने ३२५ रन बनाएका छन् ।

स्मरण रहोस्, हर्मीत सन् २०१२ को यू–१९ विश्वकप विजेता भारतीय टोलीका सदस्य थिए। उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सका लागि समेत खेलेका छन् ।

सुदूरपश्चिम रोयल्सको टोलीः

दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन र हर्मीत सिंह

मुख्य प्रशिक्षक: जगत टमटा

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ४ : ४४ बजे

बङ्गलादेशमा सन् २०२४ को विद्रोहमा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु

ढाका–  बङ्गलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको

सरकारले जेन-जी अगुवाको सरोकारलाई सकारात्मक रुपमा सम्बोधनको पहलकदमी लिन्छ : मन्त्री अर्याल 

काठमाडौं– जेन-जी आन्दोलनकर्मीहरुको मानव अधिकारको सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल

सोमबारदेखि मानव अधिकार महाभेला

पाटन– मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गरी नागरिक समाजका तर्फबाट

क्यानका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश 

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी जेल चलान