दसौँ कंकेश्वरी अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता २०८२ सम्पन्न « Khabarhub

दसौँ कंकेश्वरी अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता २०८२ सम्पन्न


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एकायन कराँते संघ कंकेश्वरी शाखा प्रशिक्षण केन्द्र, कंकेश्वरीको आयोजनामा दशौैं कंकेश्वरी अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता २०८२, शान्ति निकुञ्ज माध्यमिक विद्यालय मरुहिटीको प्राङ्गणमा २०८२ कार्तिक १५ गते सम्पन्न भएको छ । 

उक्त कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं २० का वडा अध्यक्ष रोजेन्द्र मानन्धरले गरेका थिए । नेपाल एकायन कराँते संघका संस्थापक अध्यक्ष कृष्ण डंगोलको सभापतित्वमा संचालित कार्यक्रममा शान्ति निकुञ्ज माध्यमिक विद्यालयका प्रधान अध्यापक  राधेश्याम प्रधान, नेपाल एकायन कराँते संघ काठमाडौं जिल्लाका सल्लाहकार एवं समाजसेवी आनन्दबहादुर शाही, नेपाल एकायन कराँते संघका केन्द्रीय सल्लाहकार शंकर महर्जनलगायतको उपस्थिति थियो ।

प्रतियोगितामा काठमाडौंका विभिन्न विद्यालयका १ सय ३७ खेलाडीहरूको सहभागिता रहेको थियो ।

महिलातर्फ ५ तथा पुरुषतर्फ ७ गरी जम्मा १२ वटा तौल समूहहरूमा प्रतियोगिताका खेलहरू सञ्चालन भएका थिए ।

उपरोक्त तालिका अनुसार महिलातर्फ ३५ केजीमुनि तौल समूहमा अनुष्का राईले स्वर्ण, रजिसा पुन मगरले कांस्य र साहाना तामाङले रजत पदक प्राप्त गर्न सफल भए भने ४० केजीमुनि तौल समूहमा रेखा रोकायाले प्रथम, अञ्जु राईले द्वितीय र सवित्रा परियारले तृतीय स्थान हासिल गरिन्, त्यसैगरी ४५ केजीमुनि तौल समूहमा साहाना भुजेलले स्वर्ण पदक, सभ्यता नेपालीले कांस्य पदक र संवृद्धि शाहीले रजत पदक प्राप्त गर्न सफल भइन् । 

त्यसैगरी ५० केजीमुनि तौल समूहमा सपना गोपालीले स्वर्ण पदक, युनिका लिम्बुले कांस्य पदक र आयुषा परियारले रजत पदक प्राप्त गर्न सफल भइन् भने खुल्ला तौल समूहतर्फ कृपा खड्का र खुशी तामाङले क्रमशः प्रथम र द्वितीय स्थान हासिल गरे भने अस्मिता तामाङले तृतीय स्थान हात पार्न सफल भइन् ।

प्रतियोगिताको पुरुषतर्फ २५ केजीमुनि तौल समूहमा सुवास शाही प्रथम, समिक घिमिरे द्वितीय र कृषल केसी. तृतीय भएका थिए । ३० केजी मुनि तौल समूहमा लविन कार्की प्रथम, सनिस थारु द्वितीय र हेमन्त जैसी तृतीय स्थान हासिल गर्न सफल भएका थिए, भने ३५ केजीमुनि तौल समूहमा नरेश रावत प्रथम, नेनिश वि.सी. द्वितीय र राजकुमार बम तृतीय भएका थिए । ४० केजीमुनि तौल समूहमा प्रविन श्रेष्ठले प्रथम, सुजन दनुवारले द्वितीय र सुजन थापा महरले तृतीय पुरस्कार प्राप्त गरेका थिए । 

त्यसैगरी ४५ केजी.मुनि तौल समूहमा सिरीश थापा प्रथम, आयुष थारु द्वितीय र सायन भुजेल तृतीय भएका थिए भने ५० केजीमुनि तौल समूहमा सुजन तामाङले स्वर्ण, विवेक तामाङले कांस्य र गणेश विष्टले रजत पदक हासिल गरे । 

प्रतियोगिताको खुल्ला तौल समूहमा सुवास नेपाली तथा प्रविण आले मगर क्रमशः प्रथम र द्वितीय तथा विराज मगर तृतीय भई क्रमशः स्वर्ण, कांस्य र रजत पदक हासिल गर्न सफल भएका थिए ।

विजयी खेलाडीहरूलाई समापन कार्यक्रमका प्रमुख अतिथिलगायत अन्य विशिष्ट अतिथिले प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गरे ।

साथै अन्य सहभागी सम्पूर्ण खेलाडीलगायत खेल पदाधिकारीहरूलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ५ : ३९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।