वायु सेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन « Khabarhub

वायु सेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमका बेथिति अन्त्यका लागि निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई गम्भीर हुन निर्देशन दिएकी छन् । 

निगमको सुधारका लागि विभिन्न समयमा विज्ञहरूबाट प्राप्त सुझाव प्रतिवेदन कार्यान्वयन गर्न  निर्देशन दिँदै प्रधानमन्त्रीले संस्थालाई गौरव गर्न लायक बनाउनेतर्फ सम्बद्ध सबै लाग्नुपर्नेमा जोड दिइन्। 

निगम व्यवस्थापनमा आबद्ध अधिकारीहरूलाई आज आफ्नो कार्यकक्षमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निगमका विमानको नियमित मर्मतसम्भारलगायत काममा बेथिति रोक्ने, आर्थिक अनियमितता हुन नदिने, सुशासन कायम गर्न जोड दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

साथै उनले राजनीतिक दबाबमा नपरी काम गर्न निर्देशन दिइन्। 

निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले केही दिनमै देखिने गरी सुधारका कदम चाल्ने प्रतिबद्धता जनाइन् ।

निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगम १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको  जानकारी दिएका थिए ।

त्यस अवसरमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याललगायत उपस्थित थिए । 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ५ : २६ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६