किसान श्रेष्ठले भने : हामी त गुन्डुतिर जाने सम्भवना बढ्यो « Khabarhub

किसान श्रेष्ठले भने : हामी त गुन्डुतिर जाने सम्भवना बढ्यो


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णयसँगै नेकपा एकीकृत समाजवादी पार्टी चोइटा चोइटा हुने अवस्थामा पुगेको छ।

चार वर्षअघि नेकपा एमालेबाट चोइटिएर बनेको एकीकृत समाजवादीलाई माओवादीमा समाहित गराउने नेपालको निर्णयमा विद्रोह गरेको झलनाथ खनाल र घनश्याम भुसाल समूह पनि फुट्ने अवस्थामा पुगेको छ।

उक्त समूहमा रहेका नेतृ रामकुमारी झाँक्री, पूर्वसांसद किसान श्रेष्ठसहितका नेताहरू एमालेमै फर्निने गरी छलफलमा रहेको खुलेको छ ।

‘अहिले संवाद भइरहेको छ । हामी कुरा गरिरहेका छौँ’, श्रेष्ठले खबरहबसँग भने, ‘हामी गुन्डु (नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास) तिरै फर्किने सम्भावा छ ।’

श्रेष्ठले अहिले नै टुंगो नभइसके पनि ५० प्रतिशत भन्दा बढी सम्भावना एमालेमै फर्किने रहेको बताएका छन्।

उनका अनुसार आधा दर्जनबढी नेताहरू अहिले एमालेमा फर्किने गरी छलफलमा रहेका छन् । तर उनले ती नेताहरू को को हुन् भन्ने खुलाएनन्।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ५ : ३९ बजे

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का 

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा– यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा

हच सहरमा राष्ट्रिय फूल बगैंचा परियोजना सुरू, नेपाल-चीन सांस्कृतिक सहकार्यमा अर्को खुट्किलो

बेइजिङ- चीनको हच सहरस्थित मुतान जिल्लाको कूआन्यु पियोनी बगैंचामा ‘युनिभर्सल

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आईपीओ’ शेयर निष्कासन गर्ने

काठमाडौं– चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर

चर्को आलोचनापछि स्वास्थ्यको कारण देखाउँदै सरकारले छोड्यो युट्युबर रोशनलाई

काठमाडौं– युट्युबर रोशन पोख्रेल रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र