फरार कैदी र लागूऔषध प्रयोगकर्तासहित पाँच जना पक्राउ « Khabarhub

फरार कैदी र लागूऔषध प्रयोगकर्तासहित पाँच जना पक्राउ


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कर्णाली– जिल्ला प्रहरी कार्यालय सुर्खेतले काठमाडौं कारागारबाट फरार एक कैदीसहित पाँच लागूऔषध प्रयोगकर्तालाई आइतबार वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ‘जेन-जी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते काठमाडौँ कारागारबाट फरार जगन्नाथ देवल रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले जानकारी दिए । निजलाई थप कैदका लागि कारागार कार्यालय सुर्खेतमा पठाइएको उनले बताए ।

यसैगरी, वीरेन्द्रनगर नगरपालिका–७, ८, ११ र १२ नं वडाबाट पाँच लागूऔषध प्रयोगकर्तालाई पनि पक्राउ गरिएको उनले जनाए ।

प्रवक्ता बुढथापाका अनुसार वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत निवासी ३० वर्षीय नरेन्द्र ठाडा र वडा नं ८ का १९ वर्षीय ललिता तामाङ, १८ वर्षीय रमेश सुनार, वडा नं ११ का २० वर्षीय विशाल ठाडा मगर, वडा नं १२ का २२ वर्षीय राजु सुनार रहेका छन् । नरेन्द्र र ललिताबाट ५३० मिलिग्राम र रमेश, विशाल र राजुबाट दुई ग्राम लागूऔषध ब्राउनसुगर बरामद गरिएको छ । 

गोप्य सूचनाका आधारमा प्रहरी तथा लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपालगञ्जदेखि सुर्खेततर्फ आउँदै गरेको क प्र ०२–००१ ज ०७०९ नंको इभी गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ प्रवक्ता बुढथापाले बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ६ : १६ बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा