फरार कैदी र लागूऔषध प्रयोगकर्तासहित पाँच जना पक्राउ « Khabarhub

फरार कैदी र लागूऔषध प्रयोगकर्तासहित पाँच जना पक्राउ


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कर्णाली– जिल्ला प्रहरी कार्यालय सुर्खेतले काठमाडौं कारागारबाट फरार एक कैदीसहित पाँच लागूऔषध प्रयोगकर्तालाई आइतबार वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ‘जेन-जी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते काठमाडौँ कारागारबाट फरार जगन्नाथ देवल रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले जानकारी दिए । निजलाई थप कैदका लागि कारागार कार्यालय सुर्खेतमा पठाइएको उनले बताए ।

यसैगरी, वीरेन्द्रनगर नगरपालिका–७, ८, ११ र १२ नं वडाबाट पाँच लागूऔषध प्रयोगकर्तालाई पनि पक्राउ गरिएको उनले जनाए ।

प्रवक्ता बुढथापाका अनुसार वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत निवासी ३० वर्षीय नरेन्द्र ठाडा र वडा नं ८ का १९ वर्षीय ललिता तामाङ, १८ वर्षीय रमेश सुनार, वडा नं ११ का २० वर्षीय विशाल ठाडा मगर, वडा नं १२ का २२ वर्षीय राजु सुनार रहेका छन् । नरेन्द्र र ललिताबाट ५३० मिलिग्राम र रमेश, विशाल र राजुबाट दुई ग्राम लागूऔषध ब्राउनसुगर बरामद गरिएको छ । 

गोप्य सूचनाका आधारमा प्रहरी तथा लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपालगञ्जदेखि सुर्खेततर्फ आउँदै गरेको क प्र ०२–००१ ज ०७०९ नंको इभी गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ प्रवक्ता बुढथापाले बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ६ : १६ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको