खाँदबारी-किमाथाङ्का सडकखण्ड स्तरोन्नति तीव्र « Khabarhub

खाँदबारी-किमाथाङ्का सडकखण्ड स्तरोन्नति तीव्र


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का सडकखण्ड निर्माणमा नेपाली सेनाले तीव्रता दिएको छ ।

खाँदबारी–किमाथाङ्का सडकखण्डको १६२ किलोमिटरमध्ये साढे १० किलोमिटर सडक निर्माणको जिम्मा सेनाले पाएको थियो । सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणको काम गरिरहेको छ ।

भौगोलिक रूपमा विकट मानिएको खाँदबारी–किमाथाङ्का सडकको १० किलोमिटर सडकखण्डको ट्रयाक सेनाले खोलिसकेको छ । उत्तरी क्षेत्रमा पर्ने किमाथाङ्का नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । 

किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको खाँदबारीदेखि किमाथाङ्का सडकखण्ड गत माघ १४ गते ‘ब्रेक थ्रु’समेत भइसकेको छ ।

उक्त खण्डको १० किलोमिटरमध्ये छ दशमलव पाँच किमी सडकको स्तरोन्नति भइसकेको आयोजना प्रमुख शमशेर सिंहले जानकारी दिए । 

खाँदबारी–किमाथाङ्का सडकखण्डमा सेनाले साउन महिनायता मात्र एक हजार १२५ मिटर सडक स्तरोन्नति गरिसकेको छ । सेनाले उक्त सडक यो वर्ष चार दशमलव ३१ किलोमिटर सडक स्तरोन्नति गरिसक्ने जनाएको छ । 

खाँदबारी–किमाथाङ्का सडक स्तरोन्नति गर्न रु सात करोड विनियोजन भएको छ । ‘ट्रयाक ओपन’ र स्तरोन्नति भइसकेको सडकमा ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएपछि सेनाले हटाउन थालिसकेको छ । 

किमाथाङ्का–जोगबनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ । कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भएकाले २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो । सडक निर्माणका लागि दैनिक १४० जनशक्ति परिचालन गरिएको छ । 

किमाथाङ्का–जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापार भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । 

बरुण नदीको पुल सञ्चालन भएपछि खाँदबारीबाट भोटखोला गाउँपालिका केन्द्र हुँदै च्याम्ताङसम्म यातायात सञ्चालन हुने भएको छ । 

सडक विस्तारसँगै यस क्षेत्रमा व्यापार, व्यवसाय पनि विस्तार हुने स्थानीयको अपेक्षा छ । सडक सञ्चालन भएसँगै सीमामा भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयको माग छ । 

खाँदबारी–किमाथाङ्का सडक निर्माणमा हालसम्म ५७ करोड रुपैयाँ खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ७ : २४ बजे

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग