एक दिनअघि गरिएको सहमतिमा नर्सहरूको विरोध, फेरि आन्दोलन थाल्ने चेतावनी « Khabarhub

एक दिनअघि गरिएको सहमतिमा नर्सहरूको विरोध, फेरि आन्दोलन थाल्ने चेतावनी


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार मात्रै सरकारसँग सहमति गरी आन्दोलन स्थगित गर्ने घोषणा गरेको नेपाल नर्सिङ सङ्घले आफूले उठाएका सबै माग सम्बोधन नभएको भन्दै पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै सङ्घले नर्सका माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारी पाँचौँ तह बराबरको तलब दिनेलगायत सहमति भएको पनि यसबाहेकका बुँदामा आन्दोलनरत पक्षको आपत्ति रहेको जनाएको छ ।

आन्दोलनरत नर्स र सङ्घबीच आज बसेको आकस्मिक छलफलले आन्दोलनका कार्यक्रम पूर्वयोजनाअनुसार जारी राख्दै ४८ घण्टाभित्र माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिइएको सङ्घकी महासचिव डा देवकाकुमारी आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । माग सम्बोधन नभएमा सरकारी, निजी, गैरसरकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यकबाहेक सम्पूर्ण नर्सिङ सेवा देशव्यापी ठप्प पार्ने सङ्घले चेतावनी दिएको छ ।

यद्यपि, आइतबार नै स्वास्थ्य मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलनरत नर्सिङ सङ्घ, अफिन एवं निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका प्रतिनिधिबीच सहमति भएको भन्दै सहमतिका मुख्य बुँदा सार्वजनिक गरेको छ ।

असन्तुष्ट नर्सका सन्दर्भमा समितिले एक महिनाभित्र आपसी छलफलका माध्यमबाट दीर्घकालीन समाधान हुने गरी सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । “आफ्नो काममा फर्किनुहुन र सहमति कार्यान्वयन गर्न सक्रिय योगदानसहित पृष्ठपोषण गर्नुहुने अनुरोध गर्दछौँ,” मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ९ : ०३ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको