पेट्रोलियम पदार्थ अवैध रुपमा बिक्री गर्ने ट्याङ्कर चालकसहित चार जना पक्राउ « Khabarhub

पेट्रोलियम पदार्थ अवैध रुपमा बिक्री गर्ने ट्याङ्कर चालकसहित चार जना पक्राउ


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

बागमती – नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ अवैध रुपमा बिक्री गरिरहेको अवस्थामा ट्याङ्कर चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल आयल निगम अम्लेखगञ्जबाट नेपाल आयल निगम थानकोट काठमाडौँ जाँदै गरेको ना४ख ९३७७ नम्बरको पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित जयशिव शरणम् फ्यूल सेटर प्रालिमा अवैध रूपमा पट्रोल झिक्ने कार्य भइरहेको अवस्थामा ट्याङ्कर चालक तथा पेट्रोल पम्पमा काम गर्ने तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले तत्काल नाम, थर र ठेगाना नखुलाइएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । चारै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ९ : ४८ बजे

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

साउदी र कतारले गरे उच्च गतिको रेलमार्ग निर्माणको सम्झौता

रियाद – साउदी अरब र कतारले सोमबार खाडी राज्यका राजधानी

चार वटा फर्मलाई जरिवानासहित कारबाही

काठमाडौं– नियमित रूपमा बजार अनुमगन एवं निरीक्षण गर्दै आएको वाणिज्य,

पर्यटकको रोजाइमा ‘अन्नपूर्ण–धौलागिरि’ पदमार्ग

म्याग्दी– म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग सञ्चालन

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन विकास