ट्याङ्कर चालकसहित चार जना पक्राउ « Khabarhub

ट्याङ्कर चालकसहित चार जना पक्राउ


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

बागमती– नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ अवैध रुपमा बिक्री गरिरहेको अवस्थामा ट्याङ्कर चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल आयल निगम अम्लेखगञ्जबाट नेपाल आयल निगम थानकोट काठमाडौँ जाँदै गरेको ना४ख ९३७७ नम्बरको पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित जयशिव शरणम् फ्यूल सेटर प्रालिमा अवैध रूपमा पट्रोल झिक्ने कार्य भइरहेको अवस्थामा ट्याङ्कर चालक तथा पेट्रोल पम्पमा काम गर्ने तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले तत्काल नाम, थर र ठेगाना नखुलाइएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए। चारै जनामाथि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १० : ३४ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि