ट्याङ्कर चालकसहित चार जना पक्राउ | Khabarhub Khabarhub

ट्याङ्कर चालकसहित चार जना पक्राउ


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

बागमती– नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ अवैध रुपमा बिक्री गरिरहेको अवस्थामा ट्याङ्कर चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल आयल निगम अम्लेखगञ्जबाट नेपाल आयल निगम थानकोट काठमाडौँ जाँदै गरेको ना४ख ९३७७ नम्बरको पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित जयशिव शरणम् फ्यूल सेटर प्रालिमा अवैध रूपमा पट्रोल झिक्ने कार्य भइरहेको अवस्थामा ट्याङ्कर चालक तथा पेट्रोल पम्पमा काम गर्ने तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले तत्काल नाम, थर र ठेगाना नखुलाइएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए। चारै जनामाथि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १० : ३४ बजे

कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक

कर्णाली– कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको

प्रिमियर लिग : लिभरपुलको पोस्टमा सिटी गर्‍यो तीन गोल

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर

ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती: विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं- वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर