सहकार्य मजबुत बनाउन भारत र ब्राजिल दृढ « Khabarhub

सहकार्य मजबुत बनाउन भारत र ब्राजिल दृढ


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र ब्राजिलले आर्थिक र वातावरणीय सहकार्य मजबुत बनाउन दृढता व्यक्त गरेका छन् । वार्ताको टेबलमा ग्लोबल साउथको भाष्य मजबुत बनाउन एवम् ब्रिक्सकलाई थप सुदृढ गर्नका लागि दुई मुलुक सहकार्यलाई अघि बढाउन तयार भएका हुन् ।
हाल दुबै मुलुक अमेरिकासँग व्यापारिक तनावको अवस्थामा छन् । हालै ब्राजिलका उपराष्ट्रपति जेराल्डो एल्कमिनले भारतको भ्रमण गरेका थिए । उनको भ्रमणका क्रममा अमेरिकाले घोषणा गरेको भन्सार महशुल वृद्धिबाट उत्पन्न असरलाई न्यून बनाउने तथा ऊर्जा सुरक्षादेखि विश्वव्यापी जलवायु नीतिमा प्रभाव विस्तार गर्न केन्द्रित रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
उपराष्ट्रपतिको भ्रमणका क्रममा सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई २० अर्ब अमेरिकी डलर बराबर पु¥याउन पनि दुबै मुलुक सहमत भएका छन् । अघिल्लो वर्ष ब्राजिल र भारतबीचको द्विपक्षीय व्यापार १३ अर्ब अमेरिकी डलर रहेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : १३ बजे

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग