सडक खाल्डाखुल्डीरहित बनाउन विशेष अभियान (तस्बिरहरू) « Khabarhub

सडक खाल्डाखुल्डीरहित बनाउन विशेष अभियान (तस्बिरहरू)


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सहरी क्षेत्रका सडक खाल्डाखुल्डीरहित (पोटहोल फ्री) बनाउन विशेष अभियान सुरु गरेसँगै सडक मर्मतको काम तीव्र रूपमा अघि बढेको छ ।

डिभिजन कार्यालयले चक्रपथभित्रका सडकको मर्मत सम्पन्न गरी अब चक्रपथबाहिरका सडक मर्मततर्फ ध्यान केन्द्रित गरेको जनाएको छ ।

नियमित रूपमा मर्मत हुँदै आएका सडकका खाल्डाखुल्डी तत्काल सुधार गर्नका लागि कार्यालयले ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ सेवा सुरु गरेको हो ।

मंसिर ११ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले काठमाडौं सडक डिभिजन कार्यालयमा पोटहोल मर्मत एम्बुलेन्स र पोटहोल मर्मतसम्बन्धी मोबाइल एपको शुभारम्भ गरेका थिए ।

डिभिजन कार्यालयका इन्जिनियर रामचन्द्र फुयाँलका अनुसार सो एम्बुलेन्समार्फत ४७२ किलोमिटर सडकलाई पूर्ण रूपमा खाल्डाखुल्डी रहित बनाइने लक्ष्य छ । वर्षभरि ३६५ दिन, २४ घण्टा सञ्चालन हुने एम्बुलेन्स सेवा आपतकालीन अवस्थामासमेत सक्रिय रहने छ ।

पोटहोल मर्मतका लागि मूलपानी क्षेत्रमा खटिएका इन्जिनियर फुँयालले अत्यधिक सवारी चापका कारण अधिकांश मर्मतकार्य रातिको समयमा गरिने बताए ।

उनले भने, ‘दिनमा पनि तत्काल आवश्यक सडकमा मर्मत हुन्छ, तर मुख्य काम रातमा अघि बढाइन्छ ।’

स्वचालित रूपमा सञ्चालन हुने पोटहोल मर्मत एम्बुलेन्समा ५० डिग्री तापक्रममा इमल्सन तताउने, स्प्रे गर्ने, खाल्डो काट्ने, हावा तथा पानीले सफा गर्ने लगायतका सबै सुविधा रहेको डिभिजनले जनाएकाे छ ।

सडक मर्मतलाई अझ प्रभावकारी बनाउन डिभिजन कार्यालयले ‘रोड मेन्टिनेन्स साइट रेस्क्यु नामक मोबाइल एप पनि सार्वजनिक गरेको छ ।

एपमार्फत सडक मर्मत आवश्यक स्थानको जानकारी सङ्कलन गरी तत्काल काम अघि बढाइने डिभिजनले बताएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १० : ३२ बजे

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि

साउन १ देखि ललितपुरमा घरमै डाक्टर, नर्स र औषधिसहितको स्वास्थ्य सेवा

ललितपुर– ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि घरमै स्वास्थ्य सेवा

रोनाल्डाको पीडादायी बिदाई : टिमबाट नपाएको आत्मियता नेपाली सेलिब्रेटीबाट

काठमाडौं- पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पीडादायक विश्वकप बर्हिगमनले धेरै समर्थकको

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको

मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मानव अधिकार र कानुनी राज्यको भावना