आज २०८२ साल मंसिर १६ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर १६ गते मंगलबारको राशिफल


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर २ तारिख । द्वादशी उपरान्त त्रयोदशी तिथि । विश्व दासता उन्मुलन दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । शुभग्रहको बहुमत भएकाले सोचेको राम्रो काम बन्नेछ । रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । परिवारको सल्लाह र सुझावमा गरेको काम सफल बन्नेछ ।

वृष : दिन राम्रो छ । तपाईंका साथीभाइको साथ मिल्नेछ । विपक्षी शान्त भएकाले सोचेको काम बन्नेछ । स्वदेशमा रोजगारीका विकल्प प्राप्त हुनेछन् । परिवारसँग गोपनीयता खोल्ने बानीले धोका हुने जोखिम छ ।

मिथुन : साना कुराले ठुलो झन्झट आइपर्ने जोखिम छ । विपक्षीसँग कुरा गर्दा सचेत बन्नुपर्नेछ । साथीहरु विपक्षीको कित्तामा गएकाले जोगिएर काम गर्नुपर्ने समय छ । विशेष काममा परिवारको सल्लाह लिएर अगाडि बढ्नु फाइदा हुनेछ ।

कर्कट : दिन सामान्य छ । गोपनीयता भंग गर्दा आफूलाई घाटा हुनेछ । वैदेशिक रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ । भाग्यको स्थानमा चन्द्रमा पुगेकाले शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ ।

सिंह : आज आफन्तबाट धोका हुनेछ । आज नयाँ काममा हात नहाल्नु उचित हुनेछ । कम बोल्न राम्रो हुनेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने दिन छ । व्यापारमा लगानी नगर्नु राम्रो हुन्छ ।

कन्या : दाजुभाइको सल्लाहमा काम गर्नु राम्रो हुनेछ । अनुत्पादक क्षेत्रमा धन खर्च हुने जोखिम छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ ।

तुला : दिन राम्रो छ । दाजुभाइसँगको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ । पेट सम्बन्धी समस्या हुने जोखिम छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

वृश्चिक : सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । रोगले सताउने जोखिम छ । शिक्षामा जोस र जाँगर बढ्नेछ । परिवारले राम्रो साथ दिनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

धनु : उद्योगमा फाइदा हुने दिन छ । साथीभाइको साथले व्यापारमा नाफा कमाउने दिन छ । खर्च कटौती गरेर अगाडि बढेमा दिन सहज बन्नेछ । संयुक्त लगानीबाट नाफा हुनेछ ।

मकर : दिन राम्रो छ । वैदेशिक क्षेत्रमा लगानी गरेको भए राम्रो अवसर प्राप्त हुनेछ । नयाँ सम्बन्धको तयारीमा भए असल पात्र फेला पर्नेछन् । दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ । व्यापारमा नाफा हाेला ।

कुम्भ : लाभ हुने दिन छ । बिहान उठेर शिवको भजन सुनेमा मन शान्त हुनेछ । संयुक्त लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । व्यापारमा थप मिहिनेत गर्नु उचित हुन्छ ।

मीन : दैनिक कामलाई लामो समयसम्म सोचेर अगाडि बढाउनु राम्रो हुनेछ । तपाईंको मिहिनेतमा अरुले फाइदा उठाउने जोखिम छ । परिवारको सल्लाहमा अगाडि बढेमा लक्ष्य प्राप्त हुनेछ । परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ५ : १२ बजे

बढ्दैछ महोत्तरीमा कोदोखेती

महोत्तरी– महोत्तरी जिल्लामा तीनरचार दशकयता निकै घटेको कोदाको खेती पछिल्लो

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानमाथि ८७

धर्म र पर्यटनलाई जोड्दै हेटौँडाको वनस्खण्डी मन्दिर

बागमती– हेटौँडा नगरपालिका–२ मा अवस्थित वनस्खण्डी मन्दिर यस क्षेत्रको प्रसिद्ध

हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण

 एजेन्सी– हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३