भेनेजुएलाको आरोप : आइसिसी जिम्मेवारीबाट पन्छियो « Khabarhub

भेनेजुएलाको आरोप : आइसिसी जिम्मेवारीबाट पन्छियो


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काराकास– अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले काराकास स्थित आफ्नो कार्यालय बन्द गर्ने निर्णय गरेपछि भेनेजुएलाका अधिकारीहरूले आइसिसीलाई कर्तव्यबाट पन्छिएको आरोप लगाएका छन् । अदालतले वास्तविक प्रगति नभएको भन्दै उक्त कार्यालय बन्द गर्ने घोषणा गरेको थियो ।

आइसिसीले सन् २०२४ मा भेनेजुएलाका अधिकारीहरूसँग सहकार्य गर्दै सन् २०१७ को विरोध प्रदर्शनका क्रममा दक्षिण अमेरिकी देशमा गरिएको मानवता विरुद्धका सम्भावित अपराधहरूको अनुसन्धान गर्न काराकासमा कार्यालय स्थापना गरेको थियो । 

आइसिसीका उप–अभियोजक मामे मन्डिए नियाङले भेनेजुएला सरकारसँगको काममा अपेक्षित प्रगति नदेखिएका कारण कार्यालय बन्द गरिएको तर अनुसन्धान भने निरन्तर जारी रहने जानकारी दिए ।

यसैबीच, भेनेजुएलाका अधिकारीहरूले एक विज्ञप्ति जारी गरी आइसिसीले ‘थोरै मात्र पनि प्रतिबद्धता वा सहयोगको भावना नदेखाएको’ आरोप लगाएका छन् । 

उनीहरूले अदालतले भेनेजुएलाका विभिन्न पहलहरूमा कुनै योगदान वा सुझाव नदिएको र आफूले ग्रहण गरेको जिम्मेवारीबाट ‘गैरजिम्मेवार रूपमा टाढा रहेको’ दाबी गरेका छन् । 

साथै, आइसिसीमाथि ‘राजनीतिक उद्देश्यका लागि न्यायलाई उपकरण बनाउने’ प्रयासमा कुनै कदम नचालेको आरोप पनि लगाइएको छ ।

अर्जेन्टिना, कोलम्बिया, चिली, प्याराग्वे, पेरु र क्यानडाले सन् २०१८ मै भेनेजुएलामाथि मानव अधिकार उल्लङ्घनको आरोपसहित आइसिसीमा उजुरी दर्ता गराएका थिए । 

त्यसपछि सन् २०२१ को नोभेम्बरमा राष्ट्रपति निकोलस मदुरोसँगको सम्झौता अनुसार आइसिसीलाई भेनेजुएलामा औपचारिक रूपमा काम गर्न अनुमतिपत्र प्रदान गरिएको थियो ।

सन् २००२ मा स्थापित आइसिसी विश्वको एकमात्र स्वतन्त्र अन्तर्राष्ट्रिय अदालत हो, जसले नरसंहार, युद्ध अपराध तथा मानवता विरुद्धका गम्भीर अपराधहरूको अनुसन्धान र कारबाहीमा समर्पित छ । रासस
 

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १२ : ०१ बजे

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा