विराटनगर दुग्ध वितरण आयोजनाले पुनः सुरु गर्‍यो पाउडर दूध उत्पादन « Khabarhub

विराटनगर दुग्ध वितरण आयोजनाले पुनः सुरु गर्‍यो पाउडर दूध उत्पादन


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विराटनगरमा दूध संकलन भएसँगै स्थिर आपूर्ति व्यवस्थापनका उद्देश्यका साथ विराटनगर दुग्ध वितरण आयोजनाले पुनः पाउडर दूध उत्पादन सुरु गरेको छ ।

पूर्व क्षेत्रका कृषकबाट दैनिक करिब १२ हजार लिटर दूध संकलन हुने तर बजारमा दैनिक ४ हजार लिटर दूध तथा दुग्धजन्य पदार्थ मात्र बिक्री हुने अवस्थामा दूधको उपयोगका लागि पुनः पाउडर दूध उत्पादन सुरु गरिएको आयोजनाले जनाएको छ । 

आयोजनाले काठमाडौँस्थित मनराम हिमालयन ह्याण्डिक्राफ्ट प्रालिलाई करिब १ हजार किलो अर्ध–तयारी कच्चा चीज वितरण हुँदै आएकोमा कम्पनीको बैंक ग्यारेन्टी म्याद सकिएपछि हालका लागि सो सामग्री वितरण रोकिएको जनाएको छ । 

नयाँ सम्झौता प्रक्रियामा केही समय लाग्ने भएकाले सङ्कलित दूध नष्ट हुन नदिई पाउडर दूध उत्पादनतर्फ फर्कनु परेको आयोजनाका निमित्त प्रमुख हिर बहादुर मगरले बताए । अहिले तीन–चार दिनको अन्तरालमा एक पटक पाउडर दूध उत्पादन भइरहेको उनले जानकारी दिए । 

विराटनगर दुग्ध वितरण आयोजनामा हाल करिब ९८ मेट्रिक टन मक्खन र १०७ मेट्रिक टन पाउडर दूध मौज्दात रहेको छ । 

दूध संकलन वृद्धि, उत्पादन विविधीकरण र मौज्दात व्यवस्थापनमार्फत कृषकको दूध सुनिश्चितरूपमा उपयोग हुने वातावरण बन्न थालेको आयोजनाले जनाएको छ । 

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १२ : १६ बजे

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा