अरूका गलत भाष्य बोकेर नहिँड्न जेन-जीलाई गृहमन्त्रीको आग्रह « Khabarhub

अरूका गलत भाष्य बोकेर नहिँड्न जेन-जीलाई गृहमन्त्रीको आग्रह


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

धनगढी– गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी युवाहरूलाई अरूले निर्माण गरिदिएका गलत र झुटा भाष्य बोकेर त्यसैको पछि लागेर यो नागरिक सरकारप्रति पनि सो खालको धारणा निर्माण नगर्न आग्रह गरेका छन् । 

युवा शक्तिको बलमा गठन भएको यो सरकार कुशासनलाई अन्त्य गर्न कै लागि भनेर सुशासनको जगमा टेकेर अहिलेको वर्तमान समयमा युवा वर्गले राखेको अपेक्षा र देशमा देखिएका अनेकन समस्याहरूको हल गर्न तर्फ यो सरकार प्रतिबद्ध रहेको पनि मन्त्री अर्यालले धनगढीमा उपलब्ध हुनु भएका जेन-जीहरुसँग मंगलबार सो धारणा राखेका हुन् ।  

अरू विरोधी शक्ति र समूहले निर्माण गरिदिएको गलत र झुटा भाष्यको पछि लागेर युवाहरूले पनि यो सरकार पनि उस्तै रहेछ भन्ने गलत बुझाइ राख्न नहुने तर्क गर्दै मन्त्री अर्यालले भने, ‘भदौ २३ को घटनाको सन्दर्भमा पुलिस प्रशासन, कानुन, अदालत र सरकारले नै गठन गरेको उच्च स्तरीय जाँच बुझ आयोगले आ-आफ्नो तरिकाले काम गरिरहेकोले अहिले नै सबै थोक खतम भयो, केही भएन र जेन-जीले न्याय पाउन सकेन भनेर निराश हुने पर्ने छैन, हामी न्याय, सुशासन, र भ्रष्टाचार अन्त्यका लागि काम गर्दै छौ।’

यो सरकार जेन-जी आन्दोलनमा मृत्यु भई शाहदत प्राप्त गरेका युवाहरू, उनीहरूका आश्रित परिवार तथा सम्पूर्ण घाइतेहरूको लागि यो सरकारले गर्नु पर्ने सम्पूर्ण आवश्यक निर्णयहरू गर्दै गइरहेको र उनीहरूकै सम्मान र बलिदानको सम्झना गर्दै जेन-जी सहिद दिवस मनाउने निर्णयसमेत यो सरकारले गरिसकेको कुरा मन्त्री अर्यालले बताए । 

सहिद योद्धा उद्यान र उनीहरूको सालिक निर्माणका पनि यो सरकारले काम अघि बढाई सकेको पनि उनले जानकारी दिए ।  

भेटका क्रममा मन्त्री अर्यालले जेन-जी युवाहरूलाई गलत नगरेका युवाहरू समाजमा लुकेर बस्नु नपर्ने बरु कानुनलाई सघाएर गलत तथ्यहरू छन् र कोही निर्दोष फसेका छन् भने प्रहरी प्रशासनलाई अनुसन्धानमा सघाउन आग्रह गरे ।  

युवाहरूले राखेका धारणा र मागहरू सुनी सकेपछि मन्त्री अर्यालले यो सरकारले कोही युवा शक्तिलाई पक्षपात नगर्ने र विना आधार र प्रमाण हेरेर मुद्दा चल्ने नचल्ने सबै निर्क्योल गरेर मात्रै प्रहरी प्रशासनले आफ्नो कदम चल्ने कुरा स्पष्ट पारे ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १ : ५१ बजे

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ– नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी