नेपाली नागरिक बोकेको बस भारतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु « Khabarhub

नेपाली नागरिक बोकेको बस भारतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको उत्तर प्रदेश राज्यमा नेपाली नागरिक सवार बस दुर्घटना हुँदा तीन जानको ज्यान गएको छ । दुर्घटनामा अरु २४ जना घाइते भएका छन् ।

सुनौलीबाट राजधानी दिल्लीतर्फ जाँदै गरेको बस उत्तर प्रदेशको बलरामपुर जिल्लामा ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको हो ।

न्यानो लुगा बोकेर असमतर्फ जाँदै गरेको ट्रकसँग ठोकिएपछि उक्त बस बिजुुलीको हाइटेन्सन तारसँग सम्पर्कमा आएको थियो ।

बिजुलीको हाइटेन्सन तार छोएपछि दुबै सवारीमा आगलागी भएको इण्डिया टुडेले जनाएको छ । आगलागीले बस खरानी भएको थियो ।

प्रत्यक्षदर्शीहरुले केही यात्रु बसको झ्यालको शिशा फोरेर भाग्न सफल भएको जनाएका छन् ।

तत्कालै उद्धारकर्ता र प्रहरी घटनास्थल पुगेका थिए । उद्धारकर्ताले घाइतेको उद्धार गरी नजिकैको अस्पताल पुर्‍याएका थिए । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १ : ५९ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स