कुशलले छक्का हानेको बलले लागेर घाइते भइन् चियर लिडर « Khabarhub

कुशलले छक्का हानेको बलले लागेर घाइते भइन् चियर लिडर


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबार भएको खेलमा चितवन राइनोजका ब्याटर कुशल मल्लले अर्को अनौठो घटना गराएका छन् ।

जनकपुर बोल्ट्सविरुद्धको खेलका क्रममा ब्याटिङका क्रममा उनले छक्का प्रहार गरेको बलले लागेर एकजना चियरलिडर घाइते हुन पुगेकी छन् ।

पहिले ब्याटिङ गरेको चितवनका लागि अन्तिम ओभरको तेस्रो र चौथो बलमा कुशलले दुई छक्का हानेका थिए ।

उनले चौथो बल पनि छक्का प्रहार गरे । त्यही बलले चियर गरिरहेको अवस्थामा नाकमा लागेर घाइते हुन पुगेकी हुन् ।

क्रिकेट बलले लागेर नाकमा गहिरो चोट देखिएपछि उनलाई तत्कालै अस्पतालमा उपचारका लागि लगिएको छ।

यसअघि २ मंसिरमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले प्रहार गरेको शक्तिशाली छक्काले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको कमेन्ट्री बक्सको सिसा फुटेको थियो ।

विराटनगर किङ्ग्सविरुद्ध २२१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भुर्तेलले आक्रामक ब्याटिङ गर्दा सिसा फुटेको थियो ।

विराटनगरका तीव्र गतिका बलर मर्च्यान्ट डे लाङ्गेको बलमा भुर्तेलले लङ-अन क्षेत्रमाथि प्रहार गरेका थिए। बलले मैदानमा रहेको कमेन्ट्री बक्सको झ्यालको सिसा फुटाएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  २ : ०५ बजे

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत