झिनो अंकले घट्यो नेप्से, १२५ वटा कम्पनीको बढ्यो मूल्य « Khabarhub

झिनो अंकले घट्यो नेप्से, १२५ वटा कम्पनीको बढ्यो मूल्य


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.५३ अंकले घटेको छ । ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा झिनो अंकले घटेर नेप्से २६४४.७० बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये १२५ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो भने ११९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज १३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा कारोबार भएकामध्ये ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । जसमध्ये सागर डिस्ट्रिलरी कम्पनीको सेयर बिक्री गर्नेले आज सबैभन्दा धेरै नाफा आर्जन गरे । त्यस्तै, मंगलबारको सेयर कारोबारमा ग्रिन भेन्चर लिमिटेडको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

आज नेप्से झिनो अंकले घटेपनि अधिकांश समूहको उपसूचक भने सकारात्मक रह्यो ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ३ : १० बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर