जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार « Khabarhub

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सावित विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले यस सिजनको पहिलो जित निकालेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर १७७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

माज सदाकत र अनिश शाहको अर्धशतकसहितको लयको ब्याटिङले जनकपुरले जित निकालेको हो ।

माजले ३० बलमा ६३ रन जोडे । उनले ६ चौका र ४ छक्का प्रहार गरे । अनिल शाहले ३६ बलमा ६१ रन जोड्न ४ चौका र ३ छक्का प्रहार गरे । ओपनर आशिफ शेखले १८, जान निकोल लोफ्टी-इटनले ११ र आदित्य महताले १८ रन जोडे ।

बलिङतर्फ अमर रौतेला, कमलसिंह ऐरी र सोहिल तानवीरले समान १–१ विकेट लिए । जनकपुरका जान निकोल लोफ्टी-इटन रन आउट भएका हुन् ।

चितवनका रौतेलाले जनकपुरका सर्वाधिक रनकर्ता माजको महत्त्वपूर्ण विकेट लिए । जनकपुरका दोस्रो रनकर्ता अनिल शाहलाई सोहिल तानवीरले क्याट आउट गराए ।

१ ओभर बलिङ गरेका सौगात ढकाल खर्चिला बलर बने । उनले १४ रन खर्चिए । कमल ऐरीले २ ओभर बलिङ गर्दा २७ रन दिए ।

यस जितसँगै जनकपुरको पराजय यात्रा रोकिएको छ । यो टिमले अघिल्ला चार खेलमा सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स र काठमाडौं गोर्खाजसँग हारेको थियो ।

चितवनको यो तेस्रो हार हो । यसअघि यो टिमले काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सविरुद्ध जित हासिल गरेको थियो । लुम्बिनी लान्यस र कर्णाली याक्ससँग हारेको थियो ।

चितवनका ओपनरको ब्याटिङ

यस खेलमा ४ अर्धशतक प्रहार भएको छ । यो जारी सिजनकै पहिलो घटना हो । जनकपुरबाट माज सदाकद र अनिल शाहले अर्धशतक प्रहार गरे । चितवनबाट डविड मलान र अर्जुन साउदले अर्धशतक प्रहार गरे ।

डविडले ५४ बलमा ८० रन र अर्जुनले ३९ बलमा ५२ रन जोडे । चितवनका दुई ओपनर डविड र अर्जुनले पहिलो विकेटका लागि ११२ रनको साझेदारी गरे ।

जनकपुरले चितवनको पहिलो विकेट लिन सुरुवाती १३ ओभर ४ बलको संघर्ष गर्नुपरेको थियो । यी दुईको अर्धशतकसहितको साझेदारीले पनि चितवन हारबाट जोगिन सकेन ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  २ : ५४ बजे

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत