योगेशनिकट ताप्लेजुङका दुई एमाले नेतालाई कारबाही, ६ महिनाका लागि निलम्बन « Khabarhub

योगेशनिकट ताप्लेजुङका दुई एमाले नेतालाई कारबाही, ६ महिनाका लागि निलम्बन


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- नेकपा एमाले यतिबेला ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा छ । देशभर एकैसाथ मंसिर १३ गते शनिबार महाधिवेशन प्रतिनिधि छनौट भइसकेको छ

आगामी मंसिर २७ देखि २९ गते सम्म भक्तपुर काठमाडौंमा एमालेको ११ औँ महाधिवेशन हुँदैछ ।

देशका अधिकांश जिल्लामा प्रतिनिधि छनौट सर्वसम्मत भइसकेका छन् । केही जिल्लामा निर्वाचन पनि भएको छ।

सर्वसम्मत प्रतिनिधि छनोट भएको अवस्थामा ताप्लेजुङमा दुई नेता कारबाहीमा परेका छन् । त्यहाँ वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलबाट महासचिवमा उठ्ने तयारीमा रहेका सचिव योगेश भट्टराईनिकट दुई नेतालाई कारबाही गरिएको हो ।

एमाले कोशी प्रदेश कमिटीले त्यहाँका सल्लाहकार परिषद् सदस्य एवम् प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र कोशी प्रदेश पर्यटन विभाग सचिव मणिशंकर पोमुलाई पार्टीबाट निलम्बल गरेको छ । योगेश भट्टराईनिकट उनीहरूको सबै जिम्मेवारी खोसिएको छ ।

‘ताप्लेजुङ जिल्ला कमिटीको मङ्सिर ६ गतेको पत्रअनुसार ११ औँ महाधिवेशन प्रतिनिधि छनोटका निर्वाचन प्रक्रियाको क्रममा निर्वाचन कमिटी संयोजक राजकुमार चुडालमाथि गरेको हमला र निर्वाचन प्रकियामा अवरोध खडा गर्ने काम गर्नुभएको’, पत्रमा भनिएको छ।

परिपत्रमा जिल्ला कमिटीबाट कारबाहीको सिफारिस भएको उल्लेख गर्दै सल्लाहकार परिषद् सदस्यबाट साम्सोहाङलाई मुक्त गरिएको छ। यसबारेमा १५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशनसमेत एमाले पूर्वजिल्ला अध्यक्ष साम्सोहाङलाई कमिटीले दिएको छ ।

त्यस्तै पोमुलाई पनि त्यही ब्यहोराको पत्र थमाइएको छ । यस अघि पनि दुवैजनालाई प्रदेश कमिटीले कारबाही गरेको थियो । अहिलेको परिपत्रमा अध्यक्ष घनश्याम खतिवडाले हस्ताक्षर गरी दुई नेतालाई कारबाही चलाएका हुन् ।

यसअघि गत वैशाखमा पनि यी दुईमाथि कारबाही गरिएको थियो । पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै प्रदेश कमिटीको बैठकले पूर्वमन्त्री साम्सोहाङ र एमाले कोशी प्रदेश पर्यटन विभाग सचिव पोमुलाई कारबाही गरिएको थियो। कारबाहीमा परेका साम्सोहाङ र पोमुलाई एक महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरिएको थियो।

गत वैशाख १८ गते राष्ट्रिय युवा सङ्घ नेपाल ताप्लेजुङको अधिवेशनबाट संस्थापन पक्षले एकलौटी ढङ्गले जिल्ला कमिटी गठन गरेकोभन्दै साम्सोहाङ पक्षले विरोध गरेका थिए ।

त्यही विरोध गरेको कारण उनीहरू कारबाहीमा परेका थिए । जिल्ला अधिवेशनबाट एकलौटी युवा सङ्घको कमिटी घोषणाको विरोध गरेकै कारण कारबाही गरिएको थियो ।

यता युवा सङ्घको जिल्ला अधिवेशनबाट संस्थापन पक्षका मानिने मानिक तुम्बाहाम्फे अध्यक्ष रहेको जिल्ला कमिटी चयन गरेको थियो ।

सङ्घका केन्द्रीय अध्यक्ष क्षितिज थेबेको प्रमुख आतिथ्यतामा भएको जिल्ला अधिवेशनको बन्द सत्रमा दुई पक्षबीच विवाद भएको थियो। दुई पक्षीय विवादले उग्र रूप लिँदा अधिवेशनस्थलमा टेबुल, कुर्सीलगायत तोडफोडसमेत भएको थियो। साम्सोहाङ र पोमु एमाले सचिव योगेशकुमार भट्टराईनिकट हुन् ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ३ : ११ बजे

युद्धविरामपछि पनि गाजामा इजरायली दमन: ड्रोन आक्रमणमा अलजजिराका पत्रकार मारिए

गाजा – इजरायली सेनाको ड्रोन आक्रमणमा अल जजिरा मुबासेरका संवाददाता

धवलागिरी क्याम्पसमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना

बागलुङ– बागलुङको धवलागिरी बहुमुखी क्याम्पसमा एक करोड बढीको अक्षयकोष स्थापना

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह