शंकर पोखरेलको गृहजिल्लामा एमालेभित्र भाँडभैलो, योग्यता नै नपुगेका ८ जना महाधिवेशन प्रतिनिधि « Khabarhub

शंकर पोखरेलको गृहजिल्लामा एमालेभित्र भाँडभैलो, योग्यता नै नपुगेका ८ जना महाधिवेशन प्रतिनिधि


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा महाधिवेशन प्रतिनिधि छनोटलाई लिएर सुरू भएको विवाद अझै थामिएको छैन ।

मंसिर १३ गते तोकिएको छनोट प्रक्रियालाई पारदर्शी नबनाई १२ गते मध्यराति सूचना पार्टीमा महाधिवेशन प्रतिनिधिको नाम टाँसिएको भन्दै केन्द्रीय संगठन विभागमा उजुरी परेको छ।

यसअघि महाधिवेशन प्रतिनिधि उम्मेदवार सुरेश गौतमले विज्ञप्ति जारी गर्दै जिल्लामा गरिएको प्रतिनिधि चयनलाई विधि, विधान र केन्द्रीय निर्देशनविपरीत भएको भन्दै खारेज गर्न माग गरेका थिए ।

तर अब उनलाई साथ दिँदै अन्य १९ जना नेता-कार्यकर्ताले जिल्ला कमिटीको उक्त अपरादर्शी कदमविरुद्ध काशीनाथ अधिकारी नेतृत्वको संगठन विभागमै उजुरी हालेका हुन् ।

दाङबाट प्रतिनिधित्व गर्ने एमालेका नेता तथा प्रदेश–केन्द्रका पदाधिकारीले प्रतिनिधि छनोटलाई अस्वीकार गर्दै पुनः प्रक्रिया सञ्चालन गर्न माग गरेका छन्।

उनीहरूले पार्टी संगठन विभाग, केन्द्रीय कार्यालय च्यासलमा पत्र पठाउँदै प्रतिनिधि छनोट केन्द्रले तय गरेको विधि पालना नभएको आरोप लगाएका छन् । एमालेमा महाधिवेशन प्रतिनिधि हुन महिला, युवा, दलित र जनजातिलाई संगठित सदस्यता लिएको न्यूनतम् ७ वर्ष पूरा भएको हुनुपर्छ । उता खुलाका लागि संगठित सदस्यता लिएको १० वर्ष पूरा भएपछि मात्रै महाधिवेशन प्रतिनिधि हुन पाइन्छ ।

तर, पार्टी कार्यालयको सूचना पाटीमा नाम टाँसिएका यी सबै ८ जनाको योग्यता पुगेकै छैन । उजुरीअनुसार लुम्बिनी प्रदेशकी सिँचाइमन्त्री सीता शर्मा चौधरी पनि महाधिवेशन प्रतिनिधि हुन अयोग्य देखिएकी छन् ।

योग्यता नै नपुगेका जसलाई बनाइयो महाधिवेशन प्रतिनिधि

   नाम                  ठेगाना         सदस्ता प्राप्त मिति      पार्टी सदस्ता नम्बर

१. निर्मला वि.क.              घोराही-१४       २०८१/०४/३०                  १७८१२३१

२. तुलसा पोखेल             तुलसीपुर-५      २०७७/१०/१२                 १०७९८३५

३. सीता शर्मा चौधरी        घोराही-६        २०७९/१२/१३                  १५८७५२८

४. सीता चौधरी               गढवा-४        २०७७/१०/१२                   १०८६३,७०

५. देवबहादुर बस्नेत        तुलसीपुर-१६  २०७७/१०/१२                   ६५१४१४

६. लक्ष्मी शर्मा               लमही-५        २०७७/१०/१२                   १०८४६०७

७. पुष्पालामिछाने भट्टराई तुलसीपुर-१०  २०७७/१०/१२                   १०८०६०६

८. आशिष योगी (विवेक) तुलसीपुर-९      २०७७/१०/१२                   १०८०५१०

पार्टी सदस्यको नामावली प्रकाशन, आकांक्षीहरूको सूची बनाउने, मापदण्ड छानबिन, निर्वाचन समिति गठन, आकांक्षी तथा केन्द्रीय सदस्यसँग छलफल नगरी मंसिर १२ गते राति जिल्ला पार्टी कार्यालयमा प्रतिनिधि सूची टाँसिएको उनीहरूले बताएका छन् ।

एमाले जिल्ला कमिटीले महाधिवेशन प्रतिनिधिका रुपमा सूचना टाँसिएका आठजना सदस्यको सदस्यता अवधिसमेत पूरा भएको छैन ।

जिल्ला पदाधिकारीहरू पाँच जनासहित उनीहरूनिकट व्यक्तिहरूलाई मात्रै प्रतिनिधि घोषणा गरिएको उनीहरूले आरोप लगाएका छन् । यस्तो कार्यले महाधिवेशनको तयारी नै अवैध र विवादास्पद हुने उनीहरूको जिकिर छ ।

संगठन विभागलाई पठाइएको पत्रमा १९ जना प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको हस्ताक्षर छ। उनीहरूले दाङको प्रतिनिधि छनोट प्रक्रिया पूर्ण रूपमा बदर गरी विधि अनुसार नयाँ प्रक्रिया सञ्चालन गर्न आग्रह गरेका छन्।

पत्रमा हस्ताक्षर गर्नेहरूमा केन्द्रीय सल्लाहकारदेखि लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य, जिल्ला कमिटी सदस्य, जनवर्गीय संगठन तथा स्थानीय तहका पदाधिकारीहरू छन्।

यसले दाङमा महाधिवेशन प्रतिनिधि छनोटप्रति देखिएको असन्तुष्टिलाई खुला रूपमा केन्द्रसम्म पुर्‍याएको छ । अर्का एमालेको भावी नेतृत्व मानिएका महासचिव पोखरेलले जिल्लाको विवाद मिलाउन भूमिका नखेल्दा उनी पनि विवादमा तानिएका छन् ।

यो विवादमा महासचिव पोखरेलको नामसमेत जोडिएको छ । जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीले महासचिव पोखरेलकै निर्देशनमा उक्त कार्य गरेको आरोप लागेको छ। उनीहरूले महासचिवका नाममा जिल्लामा गरिएको अलोकतान्त्रिक कदमको प्रतिवाद गर्ने पनि चेतावनी दिएका छन् ।

जसले दिए उजुरी

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ३ : ५७ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले