जनकपुरको ‘प्लेअफ’ पुग्ने आशा जीवितै छ : अनिल शाह « Khabarhub

जनकपुरको ‘प्लेअफ’ पुग्ने आशा जीवितै छ : अनिल शाह


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ ।  लगातार चार खेलमा पराजित भएर सङ्कटमा परेको जनकपुरले आज पाँचौँ खेलमा पहिलो जित हात पार्‍यो । 

जनकपुरले चितवन राइनोजलाई छ विकेटले पराजित गर्दै अङ्कतालिकामा खाता खोल्दै दुई अङ्क पनि जोड्यो । यो जितले जनकपुरको गणितीय हिसाबले भए पनि ‘प्लेअफ’को झिनो आशा बढेको छ । बाँकी रहेका दुई खेलमा फराकिलो जित निकालेर मात्रै त्यो सम्भावना सम्भावना रहने नभई जनकपुरले अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने छ । 

आजको जितमा अनिल शाह ‘म्याच विनर’ बने । ६१ रन हिर्काउनुका साथै एक विकेट पनि झारेका अनिल ‘प्लेयर अफ द म्याच’ समेत चुनिए । जितपछि सञ्चारकर्मीसँगको कुराकानीमा शाहले ‘प्लेअफ’को सम्भावना बाँकी रहेको बताए ।

‘अझै दुई खेल बाँकी छन् । ती खेल जितेर प्लेअफमा पुग्ने सम्भावनालाई कायमै राख्छौँ ।  लगातारको हारले टोलीको मनोबल खस्किएको भए पनि आजको जितले आगामी खेलमा सहज हुनेछ’, उनले भने, ‘पछिल्ला खेलहरूमा रन ननिस्किँदा त्यही दबाब महसुस गरेको थिए । आज टिम ब्याक गर्दा रन पनि निस्किनु मेरो लागि खुसीको क्षण हो ।’

पाँचौँ खेलमा तेस्रो हारपछि चितवन राइनोजको ‘प्लेअफ’को बाटो साँघुरो बन्न थालेको छ । बाँकी दुई खेलमा उसले जित निकाल्नुपर्ने दबाब बढेको छ ।

आजको हारपछि चितवनका विदेशी खेलाडी डेबिड मालनले आगामी दुई खेल जित्दा ‘प्लेअफ’ पुग्ने सम्भावना रहेकाले जित निकाल्न मेहनत गरिने बताए  । 

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ६ : ०४ बजे

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ