हात्ती महोत्सवमा हात्तीमाथिको यातना रोक्न सन्नी लियोनीको आग्रह « Khabarhub

हात्ती महोत्सवमा हात्तीमाथिको यातना रोक्न सन्नी लियोनीको आग्रह


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रूरता र पशु यातनाको अन्त्य गर्न आग्रह गरेकी छन्। 

पशु अधिकारको क्षेत्रमा कार्यरत संस्था पेटा एसियामार्फत उनले महोत्सवमा हात्तीहरूलाई पिट्ने, हिर्काउने र अस्वभाविक क्रियाकलापमा बाध्य पार्ने जस्ता  कार्यको अन्त्य गर्नुपर्ने बताएकी हुन्। 

लियोनीले भनिन्, ‘चितवन हात्ती महोत्सवमा सहभागी हुँदा खुसी हुनुपर्ने कारण छैन, किनकि कार्यक्रमको लागि हात्तीहरूलाई यातना दिइन्छ।’

पेटा एसियाले सामाजिक सञ्जालमार्फत सन्नी लियोनीको अभिव्यक्तिलाई सेयर गर्दै सबैलाई महोत्सवलाई करुणा, शिक्षा र विस्मयको उत्सवमा रूपान्तरण गर्न आह्वान गरेको छ। 

सन्नी लियोनी लामो समयदेखि पशु अधिकारको क्षेत्रमा सक्रिय रहँदै आएकी छन्। सन् २०१६ मा उनलाई पेटा एसियाले ‘पर्सन अफ द इयर’ घोषणा गरेको थियो। उनी पेटा इन्डियाको शाकाहारी जीवन प्रवर्धन, भुवाविरोधी अभियान, र कुकुर–बिरालोको बन्ध्याकरणविरुद्धको पहलमा पनि सक्रिय सहभागी रहँदै आएकी छिन्।

चितवन हात्ती महोत्सव वर्षेनी  सौराहमा आयोजना हुने गर्छ । विगतमा यसमा हात्ती दौड, पोलो तथा हात्ती ब्युटी पेजेन्ट कार्यक्रम गरिन्छ। यस वर्ष पनि महोत्सव हुने तयारी भइरहेको समयमा पेटा एसियाले पशु कल्याणतर्फ चासो देखाएको छ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ५ : २४ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल