विशाल लक्ष्य पछ्याउँदा क्रममा भरपर्दा ब्याटर पाञ्चाल आउट भएपछि कर्णालीलाई धक्का « Khabarhub

विशाल लक्ष्य पछ्याउँदा क्रममा भरपर्दा ब्याटर पाञ्चाल आउट भएपछि कर्णालीलाई धक्का


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा एभेन्जर्सले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा भरपर्दा ब्याटर प्रियाङ्क पाञ्चाल आउट भएपछि कर्णाली याक्सलाई धक्का लागेको छ ।

अहिले नेपाल प्रिमियर लिग एनपीएलमा पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याउँदै कर्णालीले जवाफी ब्याटिङ गरिरहेको छ । खेलको ३ ओभर १ बलमा धनञ्जय लक्षनको बलमा पाञ्चाल आउट भए ।

आउट हुनुअघि उनले ११ बलमा १६ रन बनाए । यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २ सय १ रन बनायो ।

यस क्रममा पोखराका आडम रोसिङ्टनले शतक प्रहार गरेका छन् । उनले १८ ओभर ६ बलमा कर्णाली याक्सका नन्दन यादवलाई चौका प्रहार गर्दै शतक पूरा गरे । यस क्रममा उनले ११ चौका र छ छक्का प्रहार गरे ।

त्यसैगरी, जेसन रोयले पोखराका लागि ४६ रन बनाए । ३४ बलको सामना गरेका उनले दुई चौका र तीन छक्का प्रहार गरे ।

कर्णालीका नन्दन यादव र मार्क वाटले समान एक विकेट लिए ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ६ : १० बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय