विशाल लक्ष्य पछ्याउँदा क्रममा भरपर्दा ब्याटर पाञ्चाल आउट भएपछि कर्णालीलाई धक्का « Khabarhub

विशाल लक्ष्य पछ्याउँदा क्रममा भरपर्दा ब्याटर पाञ्चाल आउट भएपछि कर्णालीलाई धक्का


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा एभेन्जर्सले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा भरपर्दा ब्याटर प्रियाङ्क पाञ्चाल आउट भएपछि कर्णाली याक्सलाई धक्का लागेको छ ।

अहिले नेपाल प्रिमियर लिग एनपीएलमा पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याउँदै कर्णालीले जवाफी ब्याटिङ गरिरहेको छ । खेलको ३ ओभर १ बलमा धनञ्जय लक्षनको बलमा पाञ्चाल आउट भए ।

आउट हुनुअघि उनले ११ बलमा १६ रन बनाए । यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २ सय १ रन बनायो ।

यस क्रममा पोखराका आडम रोसिङ्टनले शतक प्रहार गरेका छन् । उनले १८ ओभर ६ बलमा कर्णाली याक्सका नन्दन यादवलाई चौका प्रहार गर्दै शतक पूरा गरे । यस क्रममा उनले ११ चौका र छ छक्का प्रहार गरे ।

त्यसैगरी, जेसन रोयले पोखराका लागि ४६ रन बनाए । ३४ बलको सामना गरेका उनले दुई चौका र तीन छक्का प्रहार गरे ।

कर्णालीका नन्दन यादव र मार्क वाटले समान एक विकेट लिए ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ६ : १० बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४