मार्कले प्रहार गरे अर्धशतक, एनपीएलमा उनको प्रदर्शन कस्तो छ ? « Khabarhub

मार्कले प्रहार गरे अर्धशतक, एनपीएलमा उनको प्रदर्शन कस्तो छ ?


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सका मार्क वाटले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

सिजनको २१ औं खेलमा अर्धशतक हान्ने क्रममा मार्कले २२ बलमा ३ चौका ५ छक्काको सहयोग ५० रन पूरा गरेका हुन् । जारी सिजनको उनी नै सर्वाधिक रनकर्ता हुन् ।

उनले लुम्बिनी लायन्सविरुद्ध अविजीत ११४ रन जोड्दै शतक प्रहार गरेका थिए । यस सिजनको उनी नै पहिलो शतक प्रहार गर्ने खेलाडी हुन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेको कर्णाली २०१ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा छ । यस सिजनको अघिल्ला पाँच खेलमा उनको ब्याटिङ चलेको लुम्बिनीविरुद्ध मात्रै हो ।

उनले काठमाडौं गोर्खाजविरुद्ध ३०, विराटनगर किङ्सविरुद्ध ६, सुदूरपश्चिम रोयल्सविरुद्ध १७ र चितवान राइनोजविरुद्ध १६ रन जोडेका थिए ।

रोचक कुरा मार्क वाट स्कटल्यान्डका बलर हुन् । २९ वर्षीय वाट अहिले पनि अन्तर्राष्ट्रिय क्रिकेटमा सक्रिय छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ६ : ३२ बजे

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल