मधेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने « Khabarhub

मधेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने जानकारी दिएका छन्  ।

मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेशको प्रति प्रदेश प्रमुखको कार्यालयबाट मंगलबार तीन बजे प्राप्त भएकाले बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको जानकारी दिएका हुन् । 

परमादेशको प्रति प्राप्त भएपछि आफूले विश्वासको मत लिने व्यवस्था मिलाउन प्रदेशसभामा पत्र पठाएको उनले बताए  । 

त्यस्तै सर्वोच्च अदालतले गरेको आदेशको पूर्णपालना गर्न तयार रहेको जिकिर गरे । मुख्यमन्त्री यादवले विश्वासको मत लिने क्रममा सबै दलले सहयोग गर्ने दाबी गर्दै विश्वासको मत प्राप्त गर्ने सम्भावना बलियो रहेको धारणा राखे । 

उनले विभिन्न दलसँग छलफल गरेको र सहयोग गर्ने जानकारी प्राप्त भएको बताए । विगतमा एमालेले अन्य दललाई सहयोग गरेकाले यस पटक अन्य दलले एमालेलाई समर्थन गर्ने उनको विश्वास छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : ०६ बजे

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा