वाइडबडी प्रकरणमा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन « Khabarhub

वाइडबडी प्रकरणमा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

उक्त मुद्दामा केहीलाई मात्र दोषी ठहर गरेको र धेरैलाई सफाइ दिएको भन्दै विशेष अदालतको फैसलाविरुद्ध आज आयोगले सर्वोच्चमा पुनरावेदनको निवेदन दिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उक्त मुद्दामा तत्कालीन पर्यटनमन्त्री जीवनकुमार शाहीसहित नेपाल वायुसेवा निगम सञ्चालक समितिका पदाधिकारी र १४ जना कर्मचारीलाई सफाइ दिइएको थियो । विशेष अदालतले आरोपी ११ जनालाई भने दोषी ठहर गरेको थियो ।

उक्त फैसला त्रुटीपूर्ण रहेको जनाउँदै अख्तियारले त्यसलाई बदर गरी सबैलाई सजाय हुनुपर्ने मागसहित आज पुनरावेदनपत्र दर्ता गरेको प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विसं २०८० चैत २२ गते अख्तियारले आरोपपत्र दायर गरेको थियो भने गत मङ्सिर २० गते विशेष अदालतले फैसला सुनाएको थियो ।

विमान खरिद प्रकरणमा पूर्वमन्त्री शाही, पूर्वसचिव शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुङ्गानासहित २४ जना नेपाली तथा छ विदेशी र विमान आपूर्तिकर्ता दुई विदेशी कम्पनीविरुद्ध विरुद्ध मुद्दा चलाइएको थियो । मुद्दामा रु एक अर्ब ४७ करोड १० लाख ८५ हजार मागदाबीसहित मुद्दा दायर भएको थियो । 

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : २४ बजे

लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्नै नपाइने

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवार सिफारिस गर्न

भन्सार विभागका १७१ कर्मचारी सरूवा

काठमाडौँ– भन्सार विभागले नेपाल प्रशासन सेवा राजस्व समूहअन्तर्गतका एक सय

काठमाडौँ महानगरमा आगलागीजन्य घटना रोक्न ड्राइराइजर प्रणाली

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आगलागीजन्य घटना नियन्त्रणका लागि ‘ड्राइराइजर’ प्रणाली प्रयोगमा

लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त दीपक श्रेष्ठ, धर्मको हेक्का राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ– सरकारले लुम्बिनी विकास कोषको सदस्य–सचिव पदमा गोरखाका दीपक श्रेष्ठलाई

लैनचौर दुर्घटनामा ज्यान गुमाउने पैदलयात्रु भारतीय नागरिक

काठमाडौँ– काठमाडौँको लैनचौरस्थित केशरमहलस्थित सडकमा कारको ठक्करबाट ज्यान गुमाउनेको पैदलयात्रु