एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार « Khabarhub

एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सका एडम रोसिंगटनको शतक प्रहार गर्दा कर्णाली याक्स ३४ रनले पराजित भएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पोखराले पहिले ब्याटिङ गरेको थियो । पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कर्णाली १९ ओभरमा १६७ रनमै समेटिएको हो ।

यो कर्णालीको चौथो हार हो । यसअघिका तीन खेलमा काठमाडौं गोर्खाज, विराटनगर किङ्गस र सुदूरपश्चिम रोयल्ससँग लगातार हार बेहोरेको थियो । आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सलाई जितेको कर्णालीले पहिलो खेलमा चितवन राइनोजसँग हारेको थियो ।

पोखराको यो दोस्रो जित हो । यो टिमले यसअघिका चार खेलमा एक जित निकालेको छ । पोखराले जनकपुर बोल्ट्सलाई हराएको थियो भने लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग पराजित भएको थियो ।

एमडको शतकसहितको अविजीत १०८ रनले ब्याटिङमा पोखरा बलियो देखियो । जेसन रोयले ४६ र धनञ्जय लक्ष्मणले २३ र कप्तान कुशल भुर्तेलले १८ रन जोडे प्रहार गरे ।

कर्णालीका बलर पोखराको विकेट लिन लामो संघर्ष गर्नुपर्दा खेल हाइस्कोर बन्न पुग्यो । पोखराको २ विकेट मात्रै गुम्यो । पहिलो विकेटका रुपमा कुशल चार ओभरको पाँचौ बल र जेसन भने १६ ओभरको पाँचौ बलमा आउट भए ।

जवाफी ब्याटिङमा उत्रिएको कर्णालीका ओपनर ब्याटर तथा भरपर्दो खेलाडी प्रियाङ्क पाञ्चाल सस्तैमा आउट भए । ३ ओभरको पहिलो बलमा पहिलो विकेटका रुपमा उनी १६ रन जोडेर आउट भए ।

पहिलो विकेट गुमेपछि ब्याटिङमा आएका कर्णालीका जयकिशन कोल्सावाला १० बल खर्चेर ६ रनको अवस्थामा आउट भए । ७ ओभरको दोस्रो बलमा कर्णालीको २ विकेट खसे पनि ओपनर मार्क वाटले इनिङ सम्हाल्दै थिए ।

मार्क ९ ओरभको ५ बलमा आउट भए । उनले ३४ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५९ रन जोडेर आउट भए । मार्क क्रिजमा रहँदासम्म कर्णालीको ब्याटिङ लयमै थियो । जितका लागि आवश्यक रन रेट खस्किएको थिएन ।

तथापि, मार्कको अर्धशतकले टिम हारबाट जोगिएन । उनी आउट भएसँगै कर्णालीको ब्याटिङ खस्कियो । नजिबुल्लाह जद्रानले २४ रन जोडे । अन्यको प्रस्तुती सम्झन लायक रहेन ।

बलिङतर्फ, धनञ्जय लक्ष्मण र ऋषि धवनले समान ३-३ विकेट लिए । पोखराका किरण ठगुन्नाले मार्क वाटले विकेट लिए । ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेल समान १–१ विकेट लिए ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : ३० बजे

पर्वले समुदायबीच सम्बन्ध मजबुत बनाउँछ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पर्वले विविध जातजाति र समुदायका

हेटौँडा उपमहानगरबाट २२ करोड ४५ लाख राजस्व सङ्कलन

बागमती– हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्षको पहिलो सात महिनामा २२

रास्वपाकी मधेस सभापति ममताले दिइन् राजीनामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेसकी संस्थापक सभापति ममता

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

७२ वर्षको वर्षमा नागरिकता प्राप्त

तनहुँ– बन्दीपुर गाउँपालिका– ४ लोहीपाखाकी मङ्गली भुजेलले ७२ वर्षको उमेरमा