लैनचौर दुर्घटनामा ज्यान गुमाउने पैदलयात्रु भारतीय नागरिक « Khabarhub

लैनचौर दुर्घटनामा ज्यान गुमाउने पैदलयात्रु भारतीय नागरिक


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको लैनचौरस्थित केशरमहलस्थित सडकमा कारको ठक्करबाट ज्यान गुमाउनेको पैदलयात्रु पहिचान खुलेको छ।

मंगलबार अपराह्न भएको दुर्घटनामा ज्यान गुमाउने पैदलयात्रु भारतीय नागरिक ३४ वर्षीय शेख साखिर रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनी १० वर्षदेखि नेपालमा रहेको र घर निर्माणको काम गर्ने व्यक्ति भएको खुलेको छ। उनी काठमाडौँको धोवीचौरमा बस्दै आएका थिए।
दुर्घटनामा घाइते उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।

त्यस्तै दुर्घटनामा २ जना ट्राफिक प्रहरी घाइते भएका छन्। ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी हवल्दार परशुराम ठाकुर र कार चालक सुरेशराज कालिका घाइते भएका छन्।

कार २ जनालाई ठक्कर दिएर केशर महलको पर्खालमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ८ : ३९ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा