वैदेशिक रोजगार ऐन संशोधन गर्न माग « Khabarhub

वैदेशिक रोजगार ऐन संशोधन गर्न माग


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले वैदेशिक रोजगार ऐन २०६४ तथा संशोधित ऐन, २०७५ लाई संशोधन गर्न माग गरेको छ।

मञ्त्रले संशोधित ऐनमा ‘गन्तव्य मुलुकको नेपाली कूटनीतिक नियोगबाट प्रमाणित मागपत्र र अख्तियारीको सक्कल प्रति पेश गर्नु अनिवार्य’ भन्ने कानूनी व्यवस्थाको कारण प्रशासनिक प्रक्रियाले श्रमिक तथा वैदेशिक रोजगार सेवाप्रदायक दुवै पक्षलाई प्रत्यक्ष असर परेको भन्दै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले तात्कालिक हस्तक्षेपको माग गरेको छ।

मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै गन्तव्य मुलुकमा बढ्दो लागत, सरकारको कर नीतिको प्रभाव तथा लागतमा आधारित विभिन्न शुल्कका कारण वैदेशिक रोजगारीको खर्च अत्यधिक बढिरहेको जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै मञ्चका वरिष्ठ उपाध्यक्ष डिकबहादुर खत्रीले कानूनी झन्झटका कारण नेपाली युवाहरू विदेश जान हतोत्साहित भएको बताए।

उनले आर्थिक वर्ष २०७९।८० मा २ लाख ४८ हजार नेपालीले वैदेशिक रोजगारी अनुमति लिए पनि यो संख्या अपेक्षानुसार नबढ्नु नीतिगत कमजोरीको परिणाम भएको बताए। उनले उदीयमान मुलुकमा जाने श्रमिकको हकमा कर प्रणाली, कागजी प्रक्रिया र श्रमिकले बुझ्ने कुल खर्च अनावश्यक रूपमा बढाइएको भन्दै आपत्ति समेत जनाए।

मञ्चले वर्तमान कर संरचना, राजस्व तिर्नुपर्ने छुट्टाछुट्टै प्रक्रिया र ‘राइजिङ डेस्टिनेशन’ शीर्षकमा बढाइएको श्रमिक लागतले साना तथा मध्यम वैदेशिक रोजगार कम्पनी बन्द हुनुपर्ने अवस्था सिर्जना भएको समेत बताए।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ९ : १६ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली