वैदेशिक रोजगार ऐन संशोधन गर्न माग « Khabarhub

वैदेशिक रोजगार ऐन संशोधन गर्न माग


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले वैदेशिक रोजगार ऐन २०६४ तथा संशोधित ऐन, २०७५ लाई संशोधन गर्न माग गरेको छ।

मञ्त्रले संशोधित ऐनमा ‘गन्तव्य मुलुकको नेपाली कूटनीतिक नियोगबाट प्रमाणित मागपत्र र अख्तियारीको सक्कल प्रति पेश गर्नु अनिवार्य’ भन्ने कानूनी व्यवस्थाको कारण प्रशासनिक प्रक्रियाले श्रमिक तथा वैदेशिक रोजगार सेवाप्रदायक दुवै पक्षलाई प्रत्यक्ष असर परेको भन्दै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले तात्कालिक हस्तक्षेपको माग गरेको छ।

मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै गन्तव्य मुलुकमा बढ्दो लागत, सरकारको कर नीतिको प्रभाव तथा लागतमा आधारित विभिन्न शुल्कका कारण वैदेशिक रोजगारीको खर्च अत्यधिक बढिरहेको जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै मञ्चका वरिष्ठ उपाध्यक्ष डिकबहादुर खत्रीले कानूनी झन्झटका कारण नेपाली युवाहरू विदेश जान हतोत्साहित भएको बताए।

उनले आर्थिक वर्ष २०७९।८० मा २ लाख ४८ हजार नेपालीले वैदेशिक रोजगारी अनुमति लिए पनि यो संख्या अपेक्षानुसार नबढ्नु नीतिगत कमजोरीको परिणाम भएको बताए। उनले उदीयमान मुलुकमा जाने श्रमिकको हकमा कर प्रणाली, कागजी प्रक्रिया र श्रमिकले बुझ्ने कुल खर्च अनावश्यक रूपमा बढाइएको भन्दै आपत्ति समेत जनाए।

मञ्चले वर्तमान कर संरचना, राजस्व तिर्नुपर्ने छुट्टाछुट्टै प्रक्रिया र ‘राइजिङ डेस्टिनेशन’ शीर्षकमा बढाइएको श्रमिक लागतले साना तथा मध्यम वैदेशिक रोजगार कम्पनी बन्द हुनुपर्ने अवस्था सिर्जना भएको समेत बताए।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ९ : १६ बजे

एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा

पर्सामा कारबाट बरामद भयो एक क्वीन्टल बढी गाँजा, दुई जना पक्राउ

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले १०४ केजीभन्दा बढी गाँजा बरामद

बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय

काठमाडौँ– बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार तथा यौन

मार्तडी आगलागीबाट २ करोड क्षतिको अनुमान

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीमा एक डिपार्टमेन्ट पसलमा आगलागी हुँदा २

मनास्लु घुम्न आउने पर्यटकबाट चुमनुब्री गाउँपालिकाले गर्‍यो ८० लाख आम्दानी

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप) आउने