मार्तडी आगलागीबाट २ करोड क्षतिको अनुमान « Khabarhub

मार्तडी आगलागीबाट २ करोड क्षतिको अनुमान


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीमा एक डिपार्टमेन्ट पसलमा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

बडीमालिका नगरपालिका–८ तल्लो जिउलामा रहेको प्रकाश थापाको फर्निचर, गाडी ग्यारेजसहितको डिपार्टमेन्ट पसलमा आगलागी हुँदा २ करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए।

आगलागीबाट डिपार्टमेन्ट नजिकै रहेको किरण थापाको घरमा समेत क्षति पुगेको उनले बताए।

आज दिउँसो १२ बजेर १५ मिनेटमा विद्युत्‌को तार सट हुँदा यहाँ आगलागी भएको थियो। सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिएको थियो।

जिल्लाका नौ वटै स्थानीय तहमा दमकल नहुँदा आगलागीका घटनामा समस्या हुँदै आएको छ।

गत जेठ २३ गते बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा पनि आगलागी हुँदा ४० पसल जलेर नष्ट भएका थिए। त्यहाँ पनि स्थानीयवासी, सुरक्षाकर्मी, व्यापारीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १० : १३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल