साताको कार्टुन : ‘बा’ले घरबाट निकाले… « Khabarhub

साताको कार्टुन : ‘बा’ले घरबाट निकाले…


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेकपा (एमाले)को सचिवालय बैठकले पुस ११ गते पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई सङ्गठित सदस्यबाट निष्काशन गर्‍यो ।

लगातार आलोचना गर्ने गरेका रावललाई पार्टी अध्यक्ष एवम्‌ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै ‘इच्छा’अनुसार हटाइएको थियो ।

पार्टीबाट निष्कासित भएपछि रावलले एमाले पार्टी ‘बामाले’मा परिणत भइसक्यो भनिदिए । एमालेजनले ओलीलाई ‘बा’ भन्ने गर्छन्‌ ।

१७ पुसमा पत्रकार सम्मेलन गर्दै रावलले ओलीमाथि अनेक प्रश्न सोझ्याए । साथै, आफूलाई सोधिएको स्पष्टीकरण पत्रमा पदसमेत उल्लेख नगरी ‘ओली गुटले चरम पूर्वाग्रह र द्वेष देखाएको’ आरोप लगाए ।

जे होस्‌ – अबलाई भीम रावल एमालेमा छैनन् । तर, एमालेबाट निकालिँदाको पीडा उनका पछिल्ला अभिव्यक्तिमा पोखिने गरेको छ ।

खबरहबका लागि दीपक गौतमले ओली-रावल टकरावलाई व्यङ्ग्य गर्नेगरी बनाएको यो कार्टुन यहाँ प्रस्तुत गरेका हौँ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ५ : ३८ बजे

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको